अनियमितता विरुद्ध अवाज उठाउँदा पक्राउ परेकाहरु रिहा, गाउँलेहरु गरे स्वागत

वीरगंज १६ साउन । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ प्रशुरामपुरमा हुने गरेको अनियमितता बिरुद्ध आवाज उठाउदा पक्राउ परेकाहरु ८ दिनपछि रिहा भएका छन् । पक्राउ परेका स्थानिय संजय साह गोढ र रंजित साह गोढ बिहिबार जिल्ला प्रशासन कार्यालय पर्साको आदेशमा रिहा भएका हुन् ।

रिहा भएका दुबै जनाको स्वागतमा निषेधज्ञामा पनि दर्जनौं मोटरसाइकबाट वडाबासीहरु वीरगंज पुगेका थिए । उनीहरु रिहा घर आएपछि ठूलो संख्यामा गाउँवासीहरु जम्मा भई खुसि व्यक्त गरेका छन् ।

विकास निर्माणको काममा अनियमितता भएको भन्दै बिरोध गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजरी दिने विरुद्ध नै वडाध्यक्ष हरिओम साह कलवारको सिफारिसमा र गाउँपालिकाको जनप्रतिनिधिको दबावमा प्रहरीले मुद्दा दर्ता गरी साउन ७ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट नै दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

असार ३० गते वडामा भइरहेको सडक ढलान मापदण्ड विपरित भएको भन्दै स्थानियहरु विरोध गरेका थिए । सोही अनियमितताको सम्बन्धमा छानविनको माग गर्दै पक्राउ परेका संजय कुमार साह, बैदनाथ राउत बरै, सिकेन्द्र देवान लगायतका ४ जनाले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए ।

सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा हुने भनिएको छलफलमा सहभागि हुन गएका निवेदक संजय र उनका भाई रंजितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेको दिनदेखी नै नेपाली कांग्रेसका स्थानिय नेताहरु उनिहरुको रिहाईको लागि पहल गरिरहेका थिए ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *