आयोध्यमा श्रीराम मन्दिर शिलान्यासको अवसरमा हिन्दू परिषद नेपालद्वारा देश ब्यापि कार्यक्रम

वीरगंज २२ साउन । अयोध्यामा राम मन्दिरको शिलान्यास भएको उपलक्ष्यमा हिन्दू परिषद नेपालले देशभरी दीप उत्सव मनाएको छ। वीरगंज महानगरपालिकामा हिन्दू परिषद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको अगुवाईमा वडा नं.१४ परिषदका वीरगंज नगर अध्यक्ष प्रमोद सिंहको अगुवाईमा वडा नं.१५ नगर उपाध्यक्ष अजय गुप्ता र बड़ा अध्यक्ष अरबिन्द साहको अगुवाईमा वडा नं.१०, वडा नं.१ छपकैया शिशोबारीमा जितेन्द्र कुर्मी, रिकी कंठ, अजय कर्ण सहित स्थानीय हिन्दूवादी अगुवाहरु, वडा नं.२ माई मन्दिरमा राजदेव चौरसिया सहित हिन्दूवादी अगुवाईमा, वडा नं.३ का अध्यक्ष शकर साह सोनारको अगुवाई, वडा नं.४ का अध्यक्ष राजा वर्णवालको अगुवाईमा बिर्ता मन्दिर,नगर सदस्य राजेश पटेलको अगुवाईमा वडा नं.८ सहित पर्सा जिल्लाको बिभिन्न स्थानमा दीपावली गरेका थिए।

हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने पांच सय बर्ष देखिको निरन्तर संघर्ष, सात पुस्ताको लगानी, लाखौ हिन्दूहरुको रगतको प्रतिफल हो आयोध्या श्री राम मन्दिर। विश्वभरीको हिन्दूहरुको लागी एतिहासिक दिन हो र त्यसकारण यो दिनलाई उत्सबका रूपमा लिएका छौ। भगवान श्रीरामको मन्दिर सम्पूर्ण हिन्दू समाजको लागि आस्था केन्द्र जो ५ अगस्त अर्थात सावन २१ गते इतिहास रचेको दिन हो।परिषद सहित नेपालीहरुको तर्फ बाट मित्र राष्ट्र भारतका प्रधानमंत्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथ ज्यू लाई हार्दिक बधाई एवं आभार ब्यक्त गर्दछौ पटेल भने।

हिन्दू परिषद नेपाल बारा जिल्ला अध्यक्ष गोपाल बाबाको अगुवाईमा महागढ़िमाई उप-महानगरपालिका, प्रसौनी गाउपालिक अध्यक्ष अरबिन्द मदनवालको अगुवाई मिठाई बितरण, पचरौता नगरपालिकामा अमित बर्माको अगुवाईमा भजन कृतन, दिप प्रज्वलित, रौतहट जिल्ला अध्यक्ष ओमप्रकाश साह, प्रबक्ता अभिमन्यु पटेल, गौर नगरपालिका अध्यक्ष विनोद उपाध्याय सहितको अगुवाई मधेस क्रान्ति चौकमा, केन्द्रिय सदस्य कृष्णकांत झाको अगुवाईमा सर्लाहीको बलरा नगरपालिकामा र सर्लाही जिल्ला प्रबक्ता सोनू सिंहको अगुवाईमा मलगवामा, केन्द्रिय सदस्य दिपक चौधरीको अगुवाई जलेस्वर महादेव मन्दिरमा, धनुषा जिल्लामा जनकपुरधाम नगर अध्यक्ष मिथलेश झा र सचिव जानकिरमन झाको अगुवाईमा, सप्तरी जिल्ला अध्यक्ष सुनीता साहको अगुवाईमा राजविराज, सिरहा जिल्ला संयोजक अधिकलाल यादवको अगुवाईमा लहान, सुनसरी जिल्ला अध्यक्ष लक्ष्मी साहको अगुवाईमा इनरवा, मोरंग जिल्ला अध्यक्ष कैलाश मण्डलको अगुवाईमा बिराटनगर, मकवानपुर जिल्ला अध्यक्ष राजाराम वर्मा र सचिव एनिश अधिकारीको अगुवाईमा हेथौड़ा, नवलपरासी जिल्ला संयोजक अंगत यादवको अगुवाई, रूपनदेही जिल्ला अध्यक्ष नितेश मोहन चौधरीको अगुवाईमा लुम्बिनी, कपिलवस्तु जिल्ला अध्यक्ष सोनू मदनवाल र केन्द्रिय सदस्यहरुमनोज ओझा र मनीष गुप्ता,केन्द्रिय सदस्य राजकुमार रौनियारको अगुवाईमा नेपालगंज, केन्द्रिय सदस्य खगेन्द्र राज जोशीको अगुवाईमा कैलाली जिल्लाको धनगढ़ी, परिषदका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार, केन्द्रिय सदस्यहरु मनोज मण्डल, मनोज राउत, संतोष बस्नेत, शान्त बहादुर शाक्यको अगुवाईमा काठमांडुको बिभिन स्थान, भक्तपुर जिल्ला संयोजक प्रगेशराज उपाध्यायको अगुवाई तलेजो माता मन्दिर सहीत बिभिन जिल्लामा हिन्दू परिषद नेपालका केन्द्रिय एवं जिल्ला पदाधिकारी र सदस्यहरुले दिप उत्सव, भजन कृतन, राम धुन, पूजापाठ गरी मनाएका थिए।

सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल यही मान्यताको २०७२ साल देखी हिन्दू परिषद नेपाल संघर्ष गर्दै आएको छ। सामाजिक एवं धार्मिक कार्य गरी नेपालीहरु लाई संगठित गर्दै छ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *