कपिल्वस्तु को बिकासको लागि सासंदहरुको भुमिका ” बिषयक कार्यक्रम हुँदै

सुरेश कुमार पांडेय, कपिलवस्तु ०५ भदौ । कपिलवस्तु समाजले आयोजना गर्दै आएको भर्चुवल कार्यक्रमको तेस्रो भाग गूगल मीट बाट मिति २०७७ भाद्र ६ गते साँझ ५ बजे आयोजन हुदैछ। सम्मिलित हुन आ-आफ्नो ईमेल अगाडी पठाउनु हुन हार्दिक अनुरोध छ। माननीयहरु ज्यु संग आ-आफ्नो प्रश्न राख्न सकिने छ। कपिलवस्तुको विकास र सम्भावना तथा चुनौती र समाधान विषयक कार्यक्रम गुगल मीट वाट हुने भएको छ।

कपिलवस्तु समाजको आयोजना र पी एस एम ग्लोबल कन्सल्टेन्सी प्रा ली को सह आयोजनामा चक्रपाणी खनाल (बलदेव) कपिलवस्तु १ संरक्षक कपिलवस्तु समाज पुर्व मन्त्री, अभिषेक प्रताप शाह संरक्षक कपिलवस्तु समाज, डा. भुषाल कपिलवस्तु सांसद, अहतर कमाल मुसलमान आजिवन सदस्य, बिमला घिमिरे, कपिलवस्तु सांसद, अनिरुद्दनाथ शुक्ला अध्यक्ष कपिलवस्तु समाज अध्यक्षता एवं समापन, बिमल पाण्डे उपाध्यक्ष कार्यक्रम सहजकर्ता, माधव राज घिमिरे कार्यक्रम संयोजक, आलाक तिवारी कार्यक्रम स्वागत, प्रज्वल भट्टराई प्रबिभी सहयोग हुनुहुन्छ।

कपिलवस्तुको विकासको लागि आ-आफ्नो धारणा राख्नु हुने भर्चुवल कार्यक्रममा सबैको सह्भगिताको रहने कपिलवस्तु समाजले जनाएको छ।

Like
Like Love Haha Wow Sad Angry

One thought on “कपिल्वस्तु को बिकासको लागि सासंदहरुको भुमिका ” बिषयक कार्यक्रम हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *