कांग्रेसका पूर्व वडाध्यक्ष प्रत्यासी समाजवादीमा प्रवेश

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा समाजवादी पार्टीको संगठन विस्तार तथा शुद्धिकरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

कपिलवस्तुकाे प्रतिनिधि सभा संसदीय निर्वाचन क्षेत्र नं ३ अन्तर्गत कृष्णनगर नगरपालिकाकाे समाजवादी पार्टी नगर समितिकाे अायाेजनामा यसै पार्टी नगर समितिकाे अध्यक्ष गाेपाल प्यारे चन्देलकाे अध्यक्षता एवम् केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ताकाे प्रमुख अतिथिततामा समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्व वडाध्यक्ष प्रत्यासी सलाम मुसलमानले आज बाट नेपाली कांग्रेस पार्टी लाई त्यागी समाजवादी पार्टीमा प्रवेश गरेको प्रदेश प्रवक्ता अकरम पठानले बताएका छन ।
कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता , राम वरन प्रसाद यादव , प्रदेश नं ५का प्रवक्ता अकरम पठान , प्रदेश सदस्य एवम् जिल्ला सह-इन्चार्ज शिव पुजान यादव , प्रदेश सदस्य राम सेवक यादव , युवा संघकाे केन्द्रीय सदस्य नवाब शाह लगायत अन्य व्यक्तिकाे उपस्थिति रहेको थियो ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( जिल्ला प्रमुख कपिलवस्तु )

One thought on “कांग्रेसका पूर्व वडाध्यक्ष प्रत्यासी समाजवादीमा प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *