कृषि राज्य मन्त्री योगेन्द्र यादवद्धारा गढोमा प्रत्येक घरधुरीलाई बाल्टीन र साबुन वितरण

सत्येन्द्र प्रताप सिंह,रौतहट ६ कार्तिक। प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज गृह जिल्ला रौतहटको माधवनारायण नगरपालिका ९ मा बाल्टीन वितरण गरेका छन ।
राज्य मन्त्री यादवले आरडीसी नेपालको सहयोगमा माधवनारायण नगरपालिका ९ गढोमा आज सयौ घरधुरीलाई बाल्टीन वितरण गरेका हुन ।


जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले गढोका सम्पुर्ण घरधुरीलाई स्वच्छ खानेपानी र सरसफाइका लागि बाल्टीन र साबुन वितरण गरेका हुन ।
आज एक कार्यक्रमकाबीच गढोका प्रत्येक घरधुरीलाई ३८ लिटर पानी अटाउने बाल्टीन र साबुन वितरण गरेको राज्य मन्त्री योगेन्द्र यादवले जानकारी दिएका छन ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *