कृष्णनगरमा दुई पत्रकार सहित ११६ जनाको स्वाब संकलन

प्रिन्स मिश्रा / कृष्णनगर, १९ भदौ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका द्वारा कोरोना संक्रमण रहेको नरहेको पत्ता लगाउन स्वाब संकलन गरिएको छ ।

कृष्णनगर नगरपालिका द्वारा बढी जनसम्पर्कमा रहेका व्यापारी, उद्योगी व्यवसायी, हाल सालै भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु, कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्तिहरु, पत्रकार , र नगरपालिकाका कर्मचारीहरु सहित ११६ जनाको स्वाब संकलन गरिएकोे नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनुभएको छ । स्वाब भने कृष्णनगर नगरपालिकामा संकलन गरिएको थियो ।


संकलन गरिएको स्वाब परिक्षणका लागि कोरोना अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनुभएको छ ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( कपिलवस्तु ब्यूरो प्रमुख )

Leave a Reply

Your email address will not be published. Required fields are marked *