कोभिड १९ को महामारी संगको लडाई हामी सँगै मिलेर जित्न सक्छौ: विष्णु पटेल

नारायणी वयोधा अस्पतालका प्रशासन विभागमा कार्यरत कर्मचारी र जसपा युवा दस्ताका जिल्ला अध्यक्ष विष्णु पटेल म आज कोरोना संग्रमित व्यक्ति भएकोले आइसोलेशनमा छु। मलाई अस्पतालले रुम,खाना खर्चको साथै आइसोलेसनमा चाहिने सम्पूर्ण व्यवस्था मिलाई दिएको छ र म अहिले ठीक छु। म एक जसपा बाट राजनीति गर्ने व्यक्ति भएकोले म आफ्नो अनुभव हजुर समक्ष बाडनु मेरो दाइत्यो हो।

त्यसैले म खास हजुर सर्वसाधारण, आफ्नो समाज, घर परिवारलाई भन्न चाहन्छु कि यो कोभिड १९ महामारीलाई एक दम ठूलो पनि नसम्झौ ना कि सानो। बस हामीले यो संग लडन हाम्रो रोगप्रतिरोधक क्षमता बढाउन जरुरी छ। जसलाई हामीले दुई किसिमले बढाउन सक्छौं।

एक हाम्रो खान पिनमा ध्यान दिन जरुरी छ अर्को भने हौसला। त्यसैले हामी हौसला नहारौ। हामी एक भई नियमको पालना गरि यस महामारीको सामना गर्न सक्छौ। कसैलाई बिना केही लक्षणको कोरोना पोजेटिभ देखिएको छ भने कसैलाई लक्षण हुँदा हुँदै पनि कोरोना नेगेटिभ देखिको छ। त्यसैले चिन्ता गर्नु आवश्यक छैन। हामी यस संग लडन लागाइएको नियमको पालना गरौं, माक्स लगाउ, सरसफाइमा ध्यान दिउँ, घरमै बसी दैनिक व्याम गर्नुस र साथै हौसला राख्नुस हामी यस कोभिड १९ महामारी संग लडने छौ।

Like
Like Love Haha Wow Sad Angry
51

Leave a Reply

Your email address will not be published. Required fields are marked *