छिपहरमाई गाउँपालिकाको वडा न १ मिर्जापूर पुर्ण खोप वडा घोषणा

धर्मेन्द्र प्रसाद यादव,पर्सा २३ कार्तिक। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा न. १ मिर्जापूर लाई आज एक कार्यक्रमका बिच पुर्ण खोप वडा घोषणा गरिएको छ।यस वडामा रहेका १३ देखि २३ महीना मुनीका सबै बालबालिकाहरुलाई स्वास्थ्य चौकी मिर्जापूरका महिला स्वयम सेविकाहरुको सहयोगमा अनमी र अहेबहरुले घरघरमै पुगी पुर्ण खोप लगाईसकेपछि आज वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो।

स्थानिय स्वामित्व र सहभागिता’पुर्ण खोप सुनिश्चित्ता छिपहरमाई गापाको शान खोप नमुना गाउँपालिका बनाउने अबको हाम्रो अभियान’नारा साथ छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापूरमा रहेको श्री महादेव आधारभूत बिधालय मिर्जापूरको प्राङ्गणमा वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।वडा नं १ मा रहेको स्वास्थ्य चौकी मिर्जापूरको आयोजनामा पुर्ण खोप वडा घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि मनोज कुमार गुप्ता ,विशेष अतिथि प्रमूख प्रशस्कीय अधिकृत देवनाथ साह ,छिपहरमाई गाउँपालिका प्रमुख मनोज कुमार गुप्ताले मैन बती बालेर उदघाटन गर्दै घोषणा पत्र पढेर पुर्ण खोप घोषणा गरेका थिए।

छिपहरमाई गा पा वार्ड नः१ मिर्जापूरको सबै बालबालिका हरुलाई खोप पूरा गरेर यो वडालाई पूर्ण खोप वडा घोषणा भएकोमा गापा अध्यक्ष गुप्ताले वडा स्तरिय सबै स्वास्थयकर्मी ,स्वास्थय स्वयमसेविका,जनप्रतिनिधि, वार्डका सबै टिमलाई धन्यवाद व्यक्त गरेका थिए । छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नो जितपछि एउटैं एजेन्डा विकास विकास र विकास भएको र सो छिपहरमाई गाउँपालिकाले गरेर देखाएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै उनले घरबाट निक्लेर राम्रो बाटोमा हिड्नका लागी बालबालिकाहरुलाई स्कूलमा राम्रो प्रबंध पनि रहेको बताए । त्यस्तै आजको दिनमा सबै वडामा स्वास्थ्य चौकी र चारै वार्ड मा बर्थिँगसेन्टर भइसकेको अब मिर्जापूरको लागि ८० लाख रुपैया छुट्याइएकोले धेरै छिटो संचालनमा ल्याउने बताए । पहिला बच्चा जन्माउनकैलागी गरिबहरुले कुनै साधन नभएको खण्डमा इन्डियाको मैनाटाड ,बेतिया जानु पर्थे त्यो दिन अब देख्नु पर्दैन भन्दै उनले गाउँपालिकामा एउटा एम्बूलेन्स रहेको र एउटा अझै किन्ने तयारी गरिएको बताए ।उनले पहिलाको दिनमा सानो तिनो जरबोखारमा पनि १ हजार खर्च गरेर विरगंज जानु पर्थ्यो तर अब  छिपहरमाईको सबै वडामा एमबिबिएस फिजिसियन डाक्टर राख्न गइरहेकोले अब त्यो दिन देख्नु नपर्ने बताए ।

त्यस्तै आफ्नो छोरा छोरीको पढाइको लागि ८ हजारको महीनाको खर्च गरेर विरगंज पठाउन परीरहेकोमा अब नवगांवा स्कूल मा +२ पढाइ हुनेभएकोले अब कतै जानू नपर्ने बताए । आफूले नेपालमा सबै भन्दा अघि छोरी बीमा कार्यक्रम लागू गेरेको पनि दाबी गर्दै उनले आउने दिनमा बेरोजगारी हरुको लागि हरेक घरमा एक रोजगारी दिने कार्यर्ब्रीधी तयार गरीरहेको बताए । कार्यक्रममा बोल्दै खोपको बारेमा विषेशगरी १३ देखि २३ महिना भित्रको बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताए। स्वास्थ्यकर्मी हरुको अहमभुमिका रहेकोले पैसाको साथै धर्म पनी कमाउनु जरुरी रहेकोले स्वास्थ्य कर्मी हरुलाई ईमानदारी पुर्वक लाग्न आग्रह समेत गरे।


यसैगरी प्रमूख प्रशास्कीय अधिकृत देवनाथ साहले स्वास्थ्यकर्मी हरुको साथमा रहेको र जुनसुकै बेला स्वास्थ्यकर्मी हरुको दुख शुखमा साथ दिन तयार रहेको बताए । छिपहरमाई गांंउपालिका लाई फागुन महीना भित्र पुर्णखोप घोषणा गरिने र छिपहरमाई गाउँपालिकाको पाँचौ वार्ड पुर्णखोप घोषणा भइसकेको गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साहले बताए।

पुर्ण खोप घोषणा कार्यक्रम वडा अध्यक्ष राजबली राउत अहिरको अध्यक्षतामा समपन भएको थियोे। पुर्ण खोप घोषणा कार्यक्रममा समसुल मियाँ,छिपहरमाई नेकपा सचिव कलसरीफ गद्दी,वडा अध्यक्ष बिनोद साह कानु, महेन्द्र साह कलवार, बालक राउत गद्दी, जिल्ला समन्वय समिति पर्साका सदस्य सुबास साह, पुर्व गाबिस अध्यक्ष एव नेकपा छिपहरमाई अध्यक्ष पहलाद गुप्ता,गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह ,सी। अहेव रामाकान्त महतो , अहेव भुपेन्द्र साह कानु ,अहेव मूखलाल साह ,अनमि सपना चौरसिया, अहेव रितु यादव, पशु प्रबिधिक निपु कुमार तिवारी, स्वास्थ्य चौकी सम्भौताका प्रमूख श्यामबाबु प्रासद ,अ हे ब मुना प्रसाद साह , जयमँगलापुर स्वास्थ्य चौकीका प्रबिधिक कामेश्वर यादव ,रहमान मिया ,पर्सन यादव, ब्रह्मडेव महतो ,रामेश्वर साह , चन्द्रिका यादव,रामबाबु रौनियार, सशस्त्र प्रहरीका इन्स्पेक्टर भिम राना , असई शिवलाल यादव, प्रहरी चौकी मिर्जापूर का इन्चार्ज जितेन्द्र यादव, लगायत महिला स्वमसेबिका र स्वास्थ्य कर्मी,सुरक्षाकर्मी , पत्रकार, स्थानिय हरुको सहभागिता रहेको थियोे।

पुर्णखोप घोषणा गराउन मा सहयोग गरिने महिला स्वास्थ्य स्वयमसेबिकाहरु र स्वास्थ्यकर्मीहरु लाई दोसल्ला ओढाई र प्रमाणपत्रका साथ सम्मानित  गरिएको थियो ।कार्यक्रम का संचालान स्वास्थ्य चौकी मिर्जापूरका प्रमूख प्रदीप दासले गरेका थिए ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *