छिपहरमाई गापाको क्वारेन्टाइनमा ३ महिला समेत १८ जना पुगे: अधिकृत साहले गरे अनुगमन

राजन बानिया, पोखरिया २७ चैत। पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमामा थप तीन महिला गरि सात जनालाई राखिएको प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले जनाएका छन।

छिपहरमाई गाउँपालिका को वाड नं ५ भिस्वामा रहेको श्री मंगल माध्यमिक बिधालय भिस्वामा रहेकाे क्वारेन्टाइनमा अाज तिन महिला चार पुरूष गरी ७ जनालाई राखिएकाे र अहिले सम्म १८ जना क्वारेन्टाइन मा रहेको क्वारेन्टाइन को अनुगमन गर्दै प्रमुख प्रशासकिय अधिकृत साहले वताउनु भयाे।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन भारतबाट गाउँपालिका तरफ अाउनेहरुलाई सुरक्षित क्वारेन्टाइनमा राखने गरिरहेको अधिकृत साहले बताए। क्वारेन्टाइनमा थप भएकाहरु भारतकाे दिल्ली, पंजाब, बनारस, लखनउ लगायत ठाउँबाट आएका थिए।

क्वारेन्टाइनमा राखेकाहरुलाई १४ दिन सम्म क्वारेन्टाइन मै राखिने अधिकृत साहले जनाएका छन। वीरगंज बाहेक ग्रामिण क्षेत्रको पहिलो छिपहरमाईकाे क्वारेन्टाइमा बस्नेको संख्या १८ बुगेको बताए। गाउँपालिकाले २० बेडकाे क्वारेेेन्टाइन तयारी गरेकाे थियाे अहिले आवश्यकता अनुसार पछि बेड थपिदै जाने पनि अधिकृत साहले बताउनु भयाे।

क्वारेन्टाइनमा बस्नेहरुलाई गाउँपालिकाले खाना, नास्ता, स्वास्थ्य चेकजाँच, स्वास्थ्य समाग्री र अौषधी समेत निःशुल्क ब्यवस्थापन गरिएको छ। क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको अधिकृत साहले बताए। अनुगमन टोलीमा गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य प्रमुख शनि कुमार लगायतको टोली रहेको थियोे।

One thought on “छिपहरमाई गापाको क्वारेन्टाइनमा ३ महिला समेत १८ जना पुगे: अधिकृत साहले गरे अनुगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *