छिपहरमाई गापाको क्वारेन्टाइनमा एकै परिवारका पाँच जना समेत २७ जना पुगे: अध्यक्ष गुप्ताले गरे अनुगमन

राजन बानिया / पोखरिया २ बैशाख । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमामा थप एकै परिवारको पाँच जना गरि २७ जनालाई राखिएको छिपहरमाई गाउँपालसका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन।

छिपहरमाई गाउँपालिकाको वाड नं ५ भिस्वामा रहेको श्री मंगल माध्यमिक बिधालय भिस्वामा रहेकाे क्वारेन्टाइनमा अाज एकै परिवारका ५ जनालाई राखिएकाे र अहिले सम्म २७ जना क्वारेन्टाइनमा रहेको क्वारेन्टाइनको अनुगमन गर्दै अध्यक्ष गुप्ताले बिताउनुभयो।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन भारतबाट गाउँपालिका तरफ अाउनेहरुलाई सुरक्षित क्वारेन्टाइनमा राखने गरिरहेको अध्यक्ष गुप्ताले बताए। अध्यक्ष गुप्ताले भने वीरगंजको छबकैयाबाट अाएर छिपहरमाई गाउँपालिकामा बसिरहेको अवस्था एकै परिवारका पाँच जनालाई क्वारेन्टाइन राखिएको बताए।

पहिलाको क्वारेन्टाइनमा थप भएकाहरु भारतकाे दिल्ली, पंजाब, बनारस, लखनउ लगायत ठाउँबाट आएका थिए। क्वारेन्टाइनमा राखेकाहरुलाई १४ दिन सम्म क्वारेन्टाइन मै राखिने अध्यक्ष गुप्ताले जनाएका छन। वीरगंज बाहेक ग्रामिण क्षेत्रको पहिलो छिपहरमाईकाे क्वारेन्टाइमा बस्नेको संख्या २७ बुगेको बताए। गाउँपालिकाले ३० बेडकाे क्वारेेेन्टाइन तयारी गरेकाे थियाे अहिले आवश्यकता अनुसार पछि बेड थपिदै जाने पनि अध्यक्ष गुप्ताले बताउनुभयाे।

क्वारेन्टाइनमा बस्नेहरुलाई गाउँपालिकाले खाना, नास्ता, स्वास्थ्य चेकजाँच, स्वास्थ्य समाग्री र अौषधी समेत निःशुल्क ब्यवस्थापन गरिएको छ। क्वारेन्टाइनमा चार जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको अध्यक्ष गुप्ताले बताए।

अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, वाडअधयक्ष मौजीलाल साह, समसुल मियाँ, स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य प्रमुख शनि कुमार लगायतको टोली रहेको थियोे।

One thought on “छिपहरमाई गापाको क्वारेन्टाइनमा एकै परिवारका पाँच जना समेत २७ जना पुगे: अध्यक्ष गुप्ताले गरे अनुगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *