जिराभवानी गाउँपालिकामा हिजो राती आगलागी

मेघराज राय, पर्सा ४ कार्तिक । पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर १ गम्हरियामा हिजो बेलुका आगलागी भएको छ । स्थानीय महाबिर महतो धाङ्गडको भैंसीको खोरमा लामखुट्टे धपाउन लाई बालेको घुर बाट आगलागी भएको हो। आगोलाई गाउले र बि ओ पि सुबर्णपुर सशस्त्र प्रहरीले केही बेर भित्र नियन्त्रणमा लिएको थियो सो आगलागीमा परि एक ओटा पाडा मरेको छ भने दुई ओटा दुइने भैंसी पुर्णरुप मा जलेर घाईते भएको छ।सो आगलागी बाट अन्दाजी ४ लाखको छती भएको बि ओ पि सुबर्णपुरका सशस्त्र प्रहरी निरीक्षक अशोक चालिसेले बताए ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *