जिल्ला कृषि सहकारी संघ लि. पर्साकाे आठौं बार्षिक साधारण सभा वीरगंजमा सम्पन्न

वीरगंज, १८ माघ । जिल्ला कृषि सहकारी संघ लि. पर्साकाे आठौं बार्षिक साधारण सभा आज वीरगंजमा सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे साधारण सभाकाे उद्घाटन प्रदेश सांसद राजेशवर प्रसाद साहले गर्नु भएकाे थियाे ।

सभाकाे उद्घाटन गर्दै सांसद साहले प्रदेश २ मा चुरे संरक्षण जरुरी रहेकाे वताउनु भयाे । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका साहले चुरे संरक्षण नभए आउने सन्ततीलाई ग्राहाे हुने वताउनु भयाे ।

किशानकाे समस्या नबुझे सम्म प्रदेश समृद्ध नहुने वताउदै सांसद साहले किशानकाे समस्या समाधान नहुनुमा संघ र प्रदेश दुबै सरकार दाेषी रहेकाे आराेप समेत लागउनु भयाे । सांस साहले चिनिमिलहरुले किशानकाे पैसा नदिनुमा सरकार पनि दाेषी रहेकाे छ भन्दै संघ सरकारले मिलहरुलाई दिनु पर्ने १३ प्रतिशत रिफन्डिङ्ग भ्याटकाे पैसा नदिएका कारण दाेषी रहेकाे वताउनु भयाे ।

कृषी सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहकाे अध्यक्षतामा भएकाे साधारण सभा उद्घाटन समाराेहमा राष्ट्रिय सहकारी वाेर्ड सदस्य शम्भु गुप्ता, जिल्ला बचत सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित, काेपरेटीभ मनेजर क्लब पर्साका अध्यक्ष जिस्नु बराल, कालिका टाइम्सका समाचार सम्पादक शम्भु कुमार सुमन, समाजिक अभियान्ता प्रकाश थारु, युवा साना व्यवसाय राेजगारी काेषकाे संयाेजक सुनिल राैनियार, कृषि सहकारी संघका लेखा समिति संयाेजक अरविन्द कुमार साहलाई प्रशंसा पत्रले सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रमकाे संचालन सिद्धनाथ कृषि सहकारी संस्थाका सचिव मनाेज यादव, स्वागत मन्तव्य जिल्ला कृषि सहरकारी संघका महासचिव जगदिश यादव र प्रतिवेदन प्रस्तुत लेखा समिति संयाेजक अरविन्द साहले गर्नु भएकाे थियाे ।

Like
Like Love Haha Wow Sad Angry

12 thoughts on “जिल्ला कृषि सहकारी संघ लि. पर्साकाे आठौं बार्षिक साधारण सभा वीरगंजमा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *