जिल्ला मालपोत कार्यालय तौलिहवाका दुई खरिदार घुस सहित पक्राउ-दैनिक वीरगंज

प्रिंस मिश्रा, तौलिहवा कपिलवस्तु

जिल्ला मालपोत कार्यालय तौलिहवा कपिलवस्तुका दुई कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवल द्वारा बुधवार दिउँसो ३ बजे मालपोत कार्यालयका दुई खरिदार ६ हजार घुस सहीत रंगे हात पक्राउ परेका हुन् ।

खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरीले सेवाग्राही संग घुस लिदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

मोही जग्गा नामसारी गरि दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अख्तियारको भनाई छ । मालपोतमा अहिले सो बिषयको मुचुल्का बनाईदै छ ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( कपिलवस्तु ब्यूरो प्रमुख )

8 thoughts on “जिल्ला मालपोत कार्यालय तौलिहवाका दुई खरिदार घुस सहित पक्राउ-दैनिक वीरगंज

Leave a Reply

Your email address will not be published. Required fields are marked *