जीराभवानी गापाको १ र २ को नमुना टोलको पूर्ण सरसफाइका लागि अनुगमन
✍ मेघराज राय

जीराभवानी, असोज २४ । जीराभवानी गाउँपालिका अन्तर्गतका दुईवटा नमूना बस्तीमा पूर्ण सरसफाइका लागि अनुगमन गरिएको छ।
युनएन हेभिटासको सहयोगमा विकास नेपालले जीराभवानी गापा–१ र २ शान्तिटोल तथा काठमाडौंटोलमा अनुगमन गरेका हुन्।
दुईवटा बस्ती ५ वर्ष अगाडि खुला दिसामुक्त घोषणा भएको थियो तर तत्कालीन अवस्थामा बनेका शौचालयहरू भित्ता, छाना बिग्रिएको कारण पुनः सरसफाइ गरिएको हो। काठमाडौं टोलमा वडा कार्यालयले प्रतिघरधुरी १२५ वटा ब्लक र सिमेन्ट उपलब्ध गराएको छ। यस वर्ष ती टोलमा शत प्रतिशत घरमा शौचालय निर्माण हुने बताइएको छ।
यसैगरी वडा नं. १ शान्तिटोलमा आफ्नै लगानीमा सबैले शौचालय निर्माण गरेको सरसफाइ समितिका अध्यक्ष रविमोहन सापकोटाले बताए।
अनुगमनमा गापा उपाध्यक्ष उषादेवी थरूनी, वडा सदस्य सोमनाथ सापकोटा, नन्दकिशोर साह, श्रीकान्तीदेवी, शङ्कर पटवारीसँगै सञ्चारकर्मीहरू आरके पटेल, ओमप्रकाश चौधरी, भूषण यादव, रितेश त्रिपाठी, राजेन्द्र सिंह राजपूत, कृष्णमोहन साह, मेघराज राय सहभागी रहेको युएन हेभिटासका जिल्ला संयोजक सरोज चौरसियाले बताए।
