जीर्ण अवस्थामा कपिलवस्तुका सिमा स्तम्भ
✍ प्रिन्स मिश्रा

कृष्णनगर, २७ असाेज । नेपाल भारत सिमानाका स्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ । मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४/६४ नं. को सिमा स्तम्भ जीर्ण अवस्थामा छ ।
पटक-पटक सिमासुरक्षा, सिमा अतिक्रमणको विबाद उठछन र केहि दिनमा सेलाएर जान्छन तर सिमानाकाका स्तम्भहरु भने जीर्ण अवस्थामा नै छन ।
विजयनगर गाउँपालिका वडा ६ तिर ढलेकाे सिमा स्तम्भहरु छन भने अन्य केही स्तम्भहरुमर्मतकाे अभावमा जीर्ण भई सिमना पहरेदारकै संरक्षण हुन नसकेकाे भिल्मीका स्थानिय कमलेशचन्द्र गुप्ताकाे भनाई छ । सरोकारवालाको ध्यान नपुगेकाले अतिक्रमण सम्भवना बढ्न सकने गुप्ताले बताएका छन ।
