ठोरीमा हथियार सहित चार जना पक्राउ

मेघराज राय, पर्सा २९ असोज। पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी समूह बिच गएराती दोहोरो भिडन्त भएको छ । ठोरी गाउँपालिका वडा नं.४ बिजयबस्ती नजिक भिडन्त भएको हो ।
बिजयबस्तीको बाटो हुँदै अबैध लागूऔषध गाजा आइरहेको सूचनामा ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा प्रहरी टोली एम्बुस थापेर बसेको थियो ।


त्यही बेला चार जनाको संख्यामा रहेका हतियारधारी समूहले प्रहरी लाईनै लक्षित गरि फायर गरेको प्रहरी निरिक्षक साहले बताउनु भयो ।  प्रहरीले त्यसको जवाफमा दुई राउन्ड हवाई फायर गरि चारै जनालाइ पक्राउ गर्न सफल भएको छ ।
पक्राउ गरिएका व्यक्तिहरुको साथ बाट प्रहरीले चार राउन्ड गोलि र एकथान भरुवा बन्दुक समेत बरामद गरेको छ  । पक्राउ गरिएका व्यक्तिहरु ठोरी गाउँपालिका वडा नं. ४ विशाल चोकका रहेका छन उनीहरुको नाम भने अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


पक्राउ गरिएको चारै जनालाई आवश्यक कार्वाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिनुभयो।

Like
Like Love Haha Wow Sad Angry
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *