ठोरी गाउँपलिका ३ ब्रम्हानगर (नयाँबस्ती) मा एक घरमा आगलागी

✍ मेघराज राय

जीराभवानी, ६ कार्तिक । ब्रम्हानगरका कामीराम पाख्रीनको घर आज दिउँसो जलेको हो । सानो बच्चाले लाइटर खेलाइरहेको र त्यसकै कारण आगलागी भएको अनुमान स्थानीयले गरेका छ्न ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, दसैं लाई जोहो गरिराखेको नगद गरि करीब १५ लाखको क्षति भएको पाख्रीनको भनाई छ ।

दसैंको मुखमै घरमा आगलागी भएपछि पाख्रीनको परिवार संकटमा परेको छ । चाडबाडका बेला बस्ने खाने ठाउँ नै नभएपछि बालबच्चा र परिवार नै बिचल्लीमा परेको स्थानीय ज्ञान बहादुर पाख्रीनले बताएका छ्न । मेहनत गरेर दसैंका लागि जोहो गरेर राखेको सम्पुर्ण अन्न र नगद समेत आगोले नष्ट भएपछि पाख्रीनको परिवार बिचल्लीमा परेको स्थानीयले बताएका छ्न । दिउँसो ३ बजे सुरु भएको आगलागी स्थानीय र इलाका प्रहरी कार्यालय ठोरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *