ठोरी गाउँपालिका वडा नं.२ मा  विद्यालय भवनको शिलान्यास

मेघराज राय, पर्सा ८ भदौ। ठोरी गाउँपालिका वडा नं. २ मा रहेको सरस्वती माध्यमिक विद्यालयको आज  आठकोठे भवनको शिलान्यास गरिएको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत  २ तल्ले भवनको शिलान्यास ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले गरेका हुन्।
शिलान्यास पछि कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले कोभिड १९ का कारण शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै विद्यार्थीहरुको पठनपाठनमा नोक्सानी पुर्याएको भन्दै चिन्ता व्यक्त गरे।

कोरोना भाइरसका कारणले शिक्षा क्षेत्र तहसनहस बनाएकाले विद्यालय संचालन हुने बित्तिकै ठोरी गाउँपालिका भित्र टोलटोलमा विद्यार्थीहरुको समूह निर्माण गरी ५० भन्दा बढी ठाउँमा स्वयंसेवक शिक्षक परिचालन गरी शिक्षा क्षेत्रलाई व्यवस्थित गरिने अध्यक्ष श्रेष्ठले बताए।आफ्नो पहिलो प्राथमिकता नै शिक्षा क्षेत्र रहेकोे बताउँदै अध्यक्ष श्रेष्ठले ठोरी गाउँपालिका भित्र रहेका ६ ओटा ८ कक्षासम्म संचालन भएका आधारभूत विद्यालयहरुलाई २ जनाको दरले शिक्षक नियुक्ति गरिने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए।


१ करोड ४४ लाख बजेट रहेको आठकोठे भवनको निर्माण कार्य वनशक्ती निर्माण सेवा प्रालिले लिएको हो। २०७८ असार मसान्तसम्म भवन निर्माण कार्य सम्पन्न हुने ठेकेदार कम्पनीका प्रतिनिधि जीवन कृष्ण सापकोटाले बताएका छ्न्।
शिलान्यास कार्यक्रममा ठोरी गाउँपालिकाको वडा नं २ का कार्यवाहक अध्यक्ष श्यामहरी शर्मा, सदस्य अमृत कृष्ण सापकोटा, शिक्षा संयोजक भुपाल कुमार जोशी, नेपाल शिक्षक महासंघ पर्साका सहसचिव पिताचन्द्र ढुंगेल, नेपाल शिक्षक महासंघ ठोरीका उपाध्यक्ष गोपिलाल श्रेष्ठ, नेपाली काँग्रेसका रामकृष्ण पन्त लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

Like
Like Love Haha Wow Sad Angry

22 thoughts on “ठोरी गाउँपालिका वडा नं.२ मा  विद्यालय भवनको शिलान्यास

Leave a Reply

Your email address will not be published. Required fields are marked *