ड्राईभिङ्ग स्कुल संघ नेपालको प्रदेश स्तरिय प्रथम भेला वीरगंजमा

अजित भुजेल,वीरगंज ५ पौष ।

ड्राईभिङ्ग स्कुल संघ नेपालको प्रदेश नं.२ को प्रथम भेला वीरगंजमा भैइ रहेको छ ।

वीरगंजको होटेल दरबारमा शनिबार डाईभिङ्ग स्कुल संघ नेपालको केन्द्रिय सदस्य अकलेस साहको अध्यक्षतामा र यातायात व्यवस्था कार्यालय वीरगंज, पर्साका प्रमुख सुशील कुमार साहको प्रमुख आतिथ्य व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको सुभारम्भ भएको थियोे ।

वक्ताहरुले देश बिकासको हरेक क्षेत्रमा स्कुल ड्राईभिङ्गको महत्वपुर्ण योगदान रहेको तर राज्यले हेर्ने दृस्टिकोण फरक रहेको बताएका थिए ।

त्यसै गरी सरकारले ड्राईभिङ्ग स्कुलहरुलाई दलालको नजरले हेर्ने, स्कुल संचालन गर्दा पुर्वाधारहरु जस्तै हरेक स्कुलको ट्रेनिङ्ग ( ट्राईल सेन्टर ) हुनु पर्ने बताए पनि सोयम यातायात व्यवस्था कार्यालयको आफ्नो निजि ट्राईल सेन्टर नभएको र भाडामा संचालन गर्दै आईरहेकोमा आपती जनाएका थिए।

ड्राईभिङ्ग स्कुलले दक्ष ड्राइभर उत्पादन गरि रोजगार र दुर्घटना न्यूनीकरण गर्नमा महत्त्वपूर्ण भुमिका रहेको हुदा हुदा पनि सचिबको ठाडाे आदेश बाट ड्राईभिङ्ग स्कुलले बितरण गर्दै आईरहेको प्रमाणपत्र रोक्का गर्ने निर्णय गरेकोले त्यसको बिरुद्धमा सबै एक जुट भैइ अगाडी बढनु पर्ने अकलेश साहले बताए।

प्रथम भेलाको बिशिस्ट अतिथिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पंडित, केन्द्रिय महासचिव उमेश सि. के., नेकपाका केन्द्रिय सदस्य एवं बिरगंज महानगर पालिका ईन्चार्ज दिनेश कुमार राई, संघका पुर्व केन्द्रिय कोषाध्यक्ष दिलिप साह, केन्द्रिय सदस्य अमृत बिस्वकर्मा, ईन्देश झा, बिमल अधिकाउरी, सल्लाहकार गुन्ज बहादुर बस्नेत, नेकपा जिल्ला अध्यक्ष प्रभु हजरा, नेपाली काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल, नेकपा वीरगंज महानगर अध्यक्ष रहबर अंसारी, ट्राफिक प्रहरी नायब निरीक्षक कर्ण बहादुर चुनरा, संचारकर्मीहरु रंजित चौरसिया, अजित कुमार भुजेल, राकेश कुमार साह, जाकिर हुसेन, संतोषमान रन्जितकार, नितेश कर्ण लगायत प्रदेश नं.२ का ड्राईभिङ्ग स्कुलबाट आउनु भएको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संचालन युवा अभियन्ता जया साहले गरेका थिए।

Like
Like Love Haha Wow Sad Angry

11 thoughts on “ड्राईभिङ्ग स्कुल संघ नेपालको प्रदेश स्तरिय प्रथम भेला वीरगंजमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *