धोबिनी गापाको क्वारेन्टाइनमा ६ जना भर्ना, अध्यक्ष कुर्मीले गरे अनुगमन

राजन बानिया, पोखरिया २३ चैत। बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचन र बचाउनको लागी  पर्साको धोबिनी गाउँपालिका स्थापन भएको क्वारेन्टाइनको अाज गाउँपालिका अध्यक्ष  सुरेश प्रसाद कुर्मी  लगायतको टोलीले अनुगमन गरेका छन । स्थापना गरिएका क्वारेन्टाइनमा अहिले सम्म ६  जनालाई राखिएकाे छ ।

धोबिनी गाउँपालिका वार्ड नं ४ लंगडीमा रहेको श्री काली प्रसाद लाखे  माध्यमिक बिधालयको हलमा स्थापना भएको क्वारेन्टाईनमा तिन जना भारतिय सहित ६ जनालाई राखिएकाे गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले जनाएका छन । भारतको बनारस, मुम्बई  कलकताबाट फर्केका नेपालको मोरंग जिल्लाको एक जना र धोबिनी गाउँपालिकाको दुई जना र भारतिय नागरिक तिन जना गरि ६ जना रहेको र धोबिनी गाउँपालिकामा  तयार गरेकाे क्वारेन्टाइनमा राखिएकाे अध्यक्ष कुर्मीले जनाएका छन ।

क्वारेन्टाईनमा १४ दिन सम्म ६ जनालाई राखिने अध्यक्ष कुर्मीले बताउनुभयाे । अध्यक्ष कुर्मीले भने क्वारेन्टाईनमा राखेर निगरानी गर्ने  र  स्वास्थ्यकर्मीहरुलाई जरोबोखार १०४ डिग्री, खोकी लागने, टाउको दुख्ने जस्ता लक्ष्णहरुको पहचान गरिने बताए । यदि यस्ता लक्षणहरु फेला परेमा थप उपचारको लागि वीरगंजमा स्थापना गरिएको  अाईन्सुलेसनमा भर्ना गरिने बताए ।

बिधालयमा स्थापना गरिएको क्वारेन्टाईन २० बेडको रहेको अध्यक्ष कुर्मीले जनाएका छन । अनुगमको क्रममा स्थापना गरिएको क्वारेन्टाइनमा कुनै समाग्रीको कमी नहुने बताए  । स्वास्थ्य समबन्धी उपकरणहरु र क्वारेन्टाइनमा रहेकोलाई खाना, नास्ता, अौषधीहरु समेत निःशुल्क ब्यवस्थापन मिलाईएको छ ।

अनुगमन टोलीमा गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत भरत चौधरी,  वडाध्यक्ष मजिद मियाँ, स्वास्थ्य संयोजक संजय यादव, योजना प्रमुख मंसुर खाँन, तजेन्द्र माली, पत्रकार र प्रहरीहरु लगायतकाकाे टाेली क्वारेन्टाइनकाे अनुगमन तथा निरिक्षण गरेको थियो

Like
Like Love Haha Wow Sad Angry

2 thoughts on “धोबिनी गापाको क्वारेन्टाइनमा ६ जना भर्ना, अध्यक्ष कुर्मीले गरे अनुगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *