धोबिनी गापाको क्वारेन्टाइनमा रहेका ४ जनाको आर.डि.टी परिक्षण गरियो: अध्यक्ष कुर्मी

राजन बानिया, पोखरिया ३ बैशाख। काेराेना परिक्षणकाे लागि पर्साको धोबिनी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा रहेकाकाे आज आर.डि.टी परिक्षण गरिएकाे छ।

धोबिनी गाउँपालिकाको वार्ड नं ४ मा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालय लंगडीमा रहेको क्वारेन्टाइनमा रहेका १३ जना मध्य अाज चार जनाकाे काेभिड १९ काेराेना भाइस संक्रमण परिक्षणकाे लागि बल्ड संकलन गरि आर.डि.टी. किटबाट परिक्षण गरिएकाे हो।

क्वारेन्टाइनमा रहेको मध्य ४ जनालाई रेबिट डाईगनस्टिक टेस्ट गरिएको गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले जनाएका छन। नारायणी अस्पताल वीरगंजका लैबका टोलीले कोरोना सम्बन्धि चेकचाँजकाे लागि बल्ड संकलन गरि अार.डि.टी किटको माध्यमबाट परिक्षण गरिएको अध्यक्ष कुर्मीले जानकारी गराउनुभयाे। नारायणी अस्पतालकाे टाेली काेराेना परिक्षणकाे लागि रक्त सकंलन गरि किटको माध्यमबाट रेबिट डाईगन्सटिक टेस्ट परिक्षण गरिएको बताउनुभयाे।

परिक्षण क्रममा नारायणी अस्पताल वीरगंजका लैब असिस्टेन्ट राजेन्द्र प्रसाद चौरसिया, बिजय सा, वार्ड अधयक्ष मजिद मियाँ, स्वास्थ्य संयोजक संजय यादव, सशस्त्र प्रहरी निरिक्षक निरंजन कुमार, ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक वसन्त थापा लगायतको सहभागिता रहेको थियोे।

नारायणी अस्पताल वीरगंजको टोलीले छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वामा रहेको क्वारेन्टाइनमा समेत आर.डि.टी परिक्षण गरिएको थियोे।

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

2 thoughts on “धोबिनी गापाको क्वारेन्टाइनमा रहेका ४ जनाको आर.डि.टी परिक्षण गरियो: अध्यक्ष कुर्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *