धोबिनी गापा वडा न.३ हरिहरपुर बाट दुई किलो लागू अौषध गाँजा बरामद

राजन बानिया,लंगडी २९ मंसिर ।

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोष्ट भिस्वा बंजारीको गस्तीले अाज बिहान पर्साको धोबनी गाउँपालिका वार्ड नं ३ हरिहरपुरको ईटाभठा नजिकबाट दुई किलो लागू अौषध गाँजा बरामद गरेका छन।

गाँजा तस्करले हेटौडाबाट मिर्जापुर नाका हुँदै भारत तर्फ लगिरहेको गुप्ता सुचनाको अधारमा वीरगंज भिस्वा सडकमा चलने टेम्पुमा सवारी भई गईरहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्टका सशस्त्र प्रहरी निरिक्षक हरि कुमार पराजुलीको नेतृत्वमा गएको टोलीले चेक जाँच गर्दा पलासटीको बोरामा रहेको गाँजा बरामद भएको छ ।

गाँजा तस्कर भागेको सशस्त्र प्रहरीले जनाएका छन। बरामद गरिएका गाँजा लाई ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सिमा सुरक्षा कार्यालय वीरगंजका सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले जनाएका छन।

Like
Like Love Haha Wow Sad Angry

10 thoughts on “धोबिनी गापा वडा न.३ हरिहरपुर बाट दुई किलो लागू अौषध गाँजा बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *