नगरप्रमुखले जनतालाई राहत वितरणको लागी ३२ वडाको विकाश बजेट रोक्का

रंजित चौरसिया, वीरगंज ३ बैशाख। वीरगंजका नगरप्रमुखले महानगरपालिकामा राहत वितरणको लागि चालू आर्थिक वर्षको विकास बजेट रोकी विश्वभरी फैलिएको महामारीको कारण गरीब निमुखा, ज्यालादारी गरि जिबिका बिताउनेलाई पर्न गएको समस्यालाई ध्यानमा राखि ३२ वटै वडाको विकाश बजेट रोक्का गरिएको नगरप्रमुखले बताएका छन।

वीरगंज महानगरपालिकाको बसेको बैठकले ३२ वटै वडालाई राहत सम्बन्धी बिबरण उपलब्ध गराउन निर्देशन दिएको छ। राहत लिनका लागि ब्यक्तिले पेश गरेको निवेदन, राहत दिएको भरपाईको बिबरण र राहत सामाग्री दिनका लागी दिएको वडा समिती को प्रतिलिपीको बिबरण तीन दिन भित्र पेश गर्ने ३२ वटै वडा लाई वीरगंज महानगरपालिकाले निर्देशन दिइएको छ।

चैत २२ गते बसेको वीरगंज नगरकार्यपालिकाको बसेको बैठकले निर्णय गरेको वीरगंज महानगरपालिकाका नगर प्रमुखले बताए।

आज बुधबार जारी गरिएको सुचनाका अनुसार चालू आर्थिक वर्ष ०७६-७७ को सम्झौता बाहेक सम्पुर्ण योजनाहरु रोक्का भएको छ। अर्को बैठकमा फेरि जनताको बारेमा धेरै ठोस निर्णय गर्नुपर्ने छ भनी नगरप्रमुखले बताउनुभयो।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

18 thoughts on “नगरप्रमुखले जनतालाई राहत वितरणको लागी ३२ वडाको विकाश बजेट रोक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *