नव जनकल्याण युवा संजाल द्वारा छपकैयाको शिव मन्दिरमा सरसफाई सम्मपन्न

रामजी साह, वीरगंज १४ मंसिर।

नव जनकल्याण युवा संजाल छपकैयाको आयोजनमा जनचेतना मुलक सरसफाइ कार्यक्रम समपन्न।
नव जनकल्याण युवा संजालले आज बिरगंज महानगरपालिका वडा नं ३ को सहयोगमा जनचेतना मुलक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

संजालको स-सचिव हरिशंकर यादवको अध्यक्षतामा आयोजित जनचेतना मुलक सरसफाइ कार्यक्रमले छपकैया वडा नं ३ स्थित शिव मन्दिर लगाएत वरिपरि विभिन्न स्थानको समेत सरसफाइ गरेका थिए।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बैजु सवर्णकार, संजालको अध्यक्ष मो. सगीर अली,सचिव बिबेक कुमार झा,स-सचिव हरिशंकर यादव,कोषाध्यक्ष अनिष कुशवाहा,स्थानिय युवा गोबिन्द,सैफअलि,अनिकेत,सन्नी,आदित्य,जयपाल,समिम लगायत स्थानीयहरुको उपस्तिथि रहेको थियो।

Like
Like Love Haha Wow Sad Angry

4 thoughts on “नव जनकल्याण युवा संजाल द्वारा छपकैयाको शिव मन्दिरमा सरसफाई सम्मपन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *