निषेधाज्ञाको उल्लङ्घन गरेर लघुवित्त विकास वित्तीय संस्था लिमिटेडले किस्ता र ब्याज असुल्दै

वीरगंज २५ श्रावन । पर्साको पर्सागढी नगरपालिकामा लघुवित्त विकास वित्तीय संस्था लिमिटेडका कर्मचारीहरूले निषेधाज्ञा उल्लङ्घन गर्दै ऋणीहरूको घरमा पुगी बैठक गरी किस्ता र ब्याज माग गर्दैछन् ।

लकडाउन र निषेधाज्ञाको कारण आर्थिकरूपमा समस्याग्रस्त व्यक्तिहरूको घरमा पुगेर संस्थाले थप तनाव दिइरहेको छ । ऋणको किस्ता र ब्याज मागेर तनाव दिएको स्थानीय ऋणीहरूले गुनासो गरेका छन् ।

कामकाज नभएको कारण आर्थिक समस्यामा परेको बेलामा सहयोगी भूमिका निर्वाह गर्नुको सट्टा संस्थाले घरघरमा पुगेर ऋणको किस्ता र ब्याज माग गरेकोमा दुःखेसो पोखेका छन् ।

स्थानीय जयकिशोर चौरसियाले छाक टार्न समस्या भइरहेको बेलामा दैनिक ज्यालादारी गर्ने आफूहरूलाई बैंकले किस्ता र ब्याज मागेर थप तनाव दिएको बताए ।

लघुवित्त संस्थाका शाखा प्रबन्धक जयराम कुशवाहासँग बुझ्दा उनले सक्षम ऋणीहरूलाई किस्ता र ब्याज तिर्न आग्रह गरिएको बताए । उनले समस्याग्रस्त सदस्यसँग कुनै पनि प्रकारको जोरजबरजस्ती नगरिएको बताए । नभएकाहरूले नदिंदा हुन्छ, कुशवाहाले भने ।

उनले किस्ता बुझाएका ऋणीहरूलाई लकडाउन, निषेधाज्ञामा आर्थिक समस्या छ भने थप ५ हजार रुपैयाँसम्म ऋण उपलब्ध गराउन सकिने बताए । त्यसैको लागि पनि घरदैंलोमा पुगेर समस्या बुझ्ने काम भएको प्रमुख कुशवाहाले बताए ।

साभार: प्रतीक दैनिक

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *