नेकपा क्षेत्र नम्बर ४ का शुभकामना आदानप्रदान कार्यक्रम जीराभवानीमा सम्पन्न

मेघराज राय, पर्सा २७ कार्तिक । जीराभवानी गाउँपालिका–१ जीराभवानी  मन्दिरको प्रण्गमा नेपाल कम्युनिस्ट पार्टी नेकपा क्षेत्र नम्बर ४ को  गाउँपालिका एकाइ कमिटीको आयोजनामा दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेकपाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष प्रभु हजराको  प्रमुुख आतिथ्यमा तथा छिपहरमाई गाउँपालीका जेष्ठनागरिक गाउँ ईकाईका अध्यक्ष प्रहलाद गुप्ताको सभापत्वमा सम्पन्न भएको छ। कार्यक्रममा संविधान सभा सदस्य जयप्रकाश थारु, फुल झरिया देबी, बाबुराम कौसिक, जालिम मिया, मनोज गुप्ता, जिल्ला समन्य समितिका उपप्रमुख ठाकुर प्रसाद नौपाने, प्रदेश सदस्य येगेन्द्र साह, सुरेश प्रसाद पटेल, लालबहादुर श्रेष्ठ, जीराभवानी गाउँपालिका अध्यक्ष रामपिरीत महतो, गोबिन्द प्रताप श्रेष्ठ, मदिस गद्दी, उषा देबी थरुनी लगायतले शुभकामना व्यक्त गर्दै कोरोनाको महामारीमा चाडपर्व सामाजिक दूरी बनाएर र स्वास्थ्य मापदण्ड पूरा हुने गरी मनाउन सुझाए।

पर्वमा सामाजिक सद्भाव कायम गर्न आग्रह पनि गरे। नेताहरुले आउँदो निर्वाचनमा पनि नेकपाको बहुमत कायम हुने गरी गतिविधि गर्न आग्रह गरे।साथै पर्सा क्षेत्र नम्बर ४ का सहिद परिवारहरु लाई दोसाला ओढाएर समान समेत गरेको थियो ।
कार्यक्रममा स्व. मुकेश चौरसियाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका दोषीमाथि कारबाईको माग समेत  गरिएको थियो। सो कार्यक्रमको स्वागत मन्तव्य ठोरी गाउँपालीकाका गाउँ  ईकाई कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले गरोके थियो भने संचालक ससिकपुर रायले गरेको थियोे ।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का ६ स्थानीयतहका बुधिजिबी कार्यक्रता महिला लगाएत लगभग तीन हजार जनाको उल्लेखनीय सहभागिता रहेको थियो साथै मनोरञ्जनका लागि ठोरी गाउँपालीका ४ बिजयबस्तीका बालबालिकाहरुको नृत्य तथा स्थानीय गायक कलाकार भोजपुरिया स्टार पप्पु मिश्रा र मुनिलाल प्रदेशीले आफ्नो गायन बाट स्टेज लाई तताएको थियोे।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *