नेकपा ठोरी र जीरा भवानीको सपथ ग्रहण सम्पन्न

✍ मेघराज राय

जीराभवानी, ३० असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ठोरी र जीराभवानी गाउँपालिका कमिटीको संयुक्त सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यतामा ठोरी ५, सुवर्णपुरमा सम्पन्न कार्यक्रममा सो पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभु हजाराले दुबै पालिकाका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी एक ढिक्का हुनुको कुनै विकल्प नभएको बताए । उनिहरुको पार्टीभित्र सामान्य कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सच्याएर अघि बढ्नु पर्नेमा जोड थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, पार्टीका जिल्ला अध्यक्ष प्रभु हजारा, संविधान सभा सदस्यहरु जयप्रकाश थारु, जय प्रकाश गुप्ता, प्रधुम्न चौहान र जुनैद अन्सारी, पर्सा जिल्ला समन्वय समिति उपसभापति ठाकुर प्रसाद न्यौपाने, जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँ, छिपहरमाई गापा अध्यक्ष मनोज गुप्ता, वीरगञ्ज महानगर सचिव डा. विशम्भर शर्मा, प्रदेश कमिटी सदस्य घनश्याम महत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।ठोरी गापा कमिटी अध्यक्ष खगेन्द्र श्रेष्ठ र जीराभवानी गापा कमिटी अध्यक्ष शशी कपुर राय थारुको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा नेता बाबुराम कौशिक, रामबाबु बैठा, पार्टीका बीरगंज महानगरपालिका सचिव विश्म्भर शर्मा, पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी, राष्ट्रिय युवा संघ पर्सा सहसंयोजक ओम प्रकाश गुप्ता, प्रदेश कमिटी सदस्य घनश्याम महत लगायत दुबै पालिकाका नेताकार्यकर्ताहरुको उपस्थिति थियो।

कार्यक्रमा साबिक निर्मलवस्ती गाविसका अध्यक्ष लाल बहादुर श्रेष्ठले स्वागत मन्तव्य तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन गोबिन्द प्रताप श्रेष्ठले गरेका थिए ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *