नेता चौरसियाको पहलमा नेपाल अष्ट्रेलिया संघले अलौमा दलित समुदायलाई राहत बितरण

वीरगंज २४ कार्तिक। नेपाली काग्रेसका नेता चौरसियाको पहलमा नेपाल अष्ट्रेलिया संघले अलौमा ११५ दलित घर परिवारलाई राहत बितरण गरेको छ ।

कार्यक्रमको प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम तराई मधेस समन्वय बिभाग प्रमुख अजय चौरसियाले अाफै पहल गरी वीरगंज १७ अलौमा ११५ दलित परिवारलाई राहत बितरण गर्नुभएको छ।

उक्त राहत बितरण कार्याक्रममा एक घरधुरी लाई २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, तेल र साबुन बितरण गर्दै शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेता चौरसियाले शुभकामना दिदै राहत बितरण गर्नुभयो ।

राहत बितरण कार्यक्रम नेपाली कांग्रेसका प्रदेश सासंद ओम प्रकाश शर्मा, महासमिती सदस्य रामरुप प्रसाद कुर्मी, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, नेता ज्योतिष पुरुशोतम पंडित, जिल्ला सचिव श्याम पटेल, जिल्ला सदस्य रोशन लामिछाने, क्षेत्रीय अध्यक्ष २ ख का शैलेन्द्र उपाध्या, अलौ वडा नं.१७ का बुथ सभापती शिव ओम लामिछाने, उप सभापती संजु छतकुली, नेता गन्नी मिया, श्रीकिशुन साह, तरुण दलका सचिव बिबेक चौरसिया, सदस्य उपनेश चौरसिया, नेबिसंघका नेता रंजित पटेल, राज चौरसिया लगायतका नेता हरुको उपस्थित रहेको थियो।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *