पर्साको बढनियारमा कृष्णाष्टमीका दिन लाग्दै आइरको मेला यस वर्ष नलाग्ने

रामजी साह, पर्सा २४ साउन। पर्सागढी नगरपालिका वडा नं.३ पकडिया बडनिहारमा कृष्णाअष्ठमीका दिन धुमधाम सँग लाग्दै आइरहेका मेला यस वर्ष नलाग्ने भएको छ।
 कोरोना सङ्क्रमणको कारण लकडाउन शुरू भएदेखि मठमन्दिर, मस्जिद, चर्च बन्द गरिएकोमा अहिलेसम्म नखुलेको र सरकारले भीडभाड हुने गरी कुनै पनि सभा, समारोह, मेला आदि नगर्न निर्देशन गरेको कारण साउन २७ गते पर्ने जन्माष्टमी मेला नहुने भएको हो। विगत ३५ वर्षदेखि पकडिया बडनिहार बजारमा जन्माष्टमी मेला धूमधामका साथ हुने गरेको तर यस वर्ष कोरोना सङ्क्रमणको भएले मेला नहुने बजार समितिका अध्यक्ष टङ्कबहादुर क्षत्रीले बताए। उनले सो दिन भीडभाड नहुने गरी सामान्य पूजापाठ मात्र गरिने बताए।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *