पर्सा जिल्लाको पकहामैनपुरमा तयारी घरेलु मदिरा सहित ५ मदिरा भट्टी नष्ट

वीरगंज २२ मंसिर ।
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं २ सुर्जाहकट्टी र वडा नं. ३ पकहामा पोखरिया कार्यालयबाट खटिएको प्रहरी अधिकृतको टोलिले तयारी घरेलु मदिरा सहित अबैध रुपमा संचालन गरिएको ५ मदिरा भट्टी नष्ट गरेका छन।

पोखरिया कार्यालयबाट खटिएको प्रहरी अधिकृतको टोलिले पकहामैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहकट्टी बस्ने जय मंगल राम, जागेश्‍वर राम, प्रकाश राम,बिरेन्द्र मुखिया विन र वडा नं. ३ पकहा बस्ने हरेन्द्र राम समेतका व्यक्तिहरूले अबैध रुपमा संचालन गरेको ५ वटा घरेलु मदिरा भट्टी तथा तयारी गरि राखिएको ६५० लिटर घरेलु मदिरा र मदिरा बनाउन राखिएको तयारी २०० लिटर कच्चा पदार्थ नष्‍ट गरेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

Like
Like Love Haha Wow Sad Angry

One thought on “पर्सा जिल्लाको पकहामैनपुरमा तयारी घरेलु मदिरा सहित ५ मदिरा भट्टी नष्ट

  • July 17, 2020 at 11:13 AM
    Permalink

    Pointing coenzyme a not later than the Washington Handbook Our, program has broadened that a par of fasting and being second-hand can be the period of ED in men. cialis generic generic cialis reviews

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *