पाँच वर्ष पछि लागुऔषध मुद्दामा फरार प्रतिवादी नागेन्द्र पक्राउ

रामजी साह, वीरगंज ०७ भदौ। लागुऔषध मुदाका प्रतिवादी रही फरार भएका नागेन्द्र प्रसाद कलवारलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पक्राउ गरेको छ।
गत २०७२ साल माघ ४ गते पर्सा जिल्ला अदालतले गरेको फैसला अनुसार प्रतिवादीले ५ वर्ष कैद र ५० हजार जरिवाना रहेको थियो। तर प्रतिवादीले त्यस सजाय बाट बचन लुकी छिपी आफ्नो जीवन बिताइरहेका थिए। लुकिछिपी जीवन बिताई रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पाँच वर्ष पछि पक्राउ गरेको छ। पक्राउँ पर्नेमा पर्सा जिल्लाको बहुदरा माई नगरपालिका
वडा नं. ९ विश्रामपुर बस्ने श्यामलाल साह कलवारको छोरा अन्दाजी वर्ष ६७ को नागेन्द्र प्रसाद कलवार रहेका छन् ।
उनलाई लागु औषध गाँजा र चरेश मुद्दामा जिल्ला अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको थियो ।

कलवारलाई उनको गाउँमा घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Like
Like Love Haha Wow Sad Angry

34 thoughts on “पाँच वर्ष पछि लागुऔषध मुद्दामा फरार प्रतिवादी नागेन्द्र पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *