पार्टी भन्दा पहिला हामी नेपाली हो भावना हुनुपर्छ : अध्यक्ष पटेल

सुनसरी १८ पौष । हिन्दू परिषद नेपालले आज सुनसरी जिल्लामा जनजागरण कार्यक्रम सम्पन म गरेको छ। इनरवा स्थितमा जानकी पार्टी प्यालेशमा आयोजना गरियोको सभालाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले राष्ट्रको समृद्धि, एकता, बिकास, पहिचानको लागी सम्पूर्ण नेपालीहरु मिली नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्छ। किनकी धेरै धर्म परिवर्तन भए मुलुक बिखण्ड हुन्छ।

देशमा इस्लामिककरन र ईसाईकरण तंत्र हाबी हुदै गएको पाइन्छ। नेपालीहरु लाई आफ्नो पार्टी भन्दा माथि उठने बेला आएको बताए। हाल नेपाली समाजमा पार्टी बड़ी हाबी भएको बताउदै पहिला हामी नेपाली हो भन्ने भावना जागृत हुनु पर्छ। सम्पूर्ण नेपालीलाई एक सूत्रमा बधाने सेतु हो हिन्दू राष्ट्र।

राष्ट्रको पहिचानका निमित सम्पूर्ण नेपालीहरु एक होऔ भन्ने पटेलले आहवान समेत गरेका थिए। सुनसरी जिल्ला अध्यक्ष लक्ष्मी साहको सभापतित्वमा सम्पन सभा जिल्ला सचिव कृष्ण ढुगेलले सहजिकरण गरेका थिए।

कार्यक्रममा हिन्दूवादी अगुवाहरु एवं जातीय संघ-संग़ठन प्रतिनिधि सहभागी थिए।

Like
Like Love Haha Wow Sad Angry

8 thoughts on “पार्टी भन्दा पहिला हामी नेपाली हो भावना हुनुपर्छ : अध्यक्ष पटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *