पूर्व मन्त्री मिश्रा द्वारा संचारकर्मीलाई पीपीई सेट सहयोग
प्रिन्स मिश्रा, कपिलवस्तु

कपिलवस्तुको कृष्णनगरमा पूर्व मन्त्री ईश्वर दयाल मिश्राको पहलमा नेकपा कृष्णनगरका नगर अध्यक्ष जावेद खानले १५ जना सञ्चारकर्मी १० जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पीपीई सेट वितरण गरिएको छ l
स्वास्थ्य मन्त्रालयको सहयोगमा र पूर्व मन्त्री ईश्वर दयाल मिश्राको पहलमा वितरण गरिएको छ l
स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचारकर्मीहरु उच्च जोखिममा परेको हुनले स्वास्थ्य मन्त्रालय संग समन्वय गरि सुरक्षित राख्न कीट वितरण गरिएको पूर्व मन्त्री मिश्रले बताएका छन l
पीपीई सेट वितरण कार्यक्रम पूर्व मन्त्रीको निवास कर्मामा राखिएको थियो भने वितरण कार्यक्रममा कृष्णनगर नगरपालिकाका उपमेयर सल्लाहकार तुफेल खां, नेकपा कृष्णनगरका नगर अध्यक्ष जावेद खान , वडाध्यक्ष जमिल खां, साहिद खान लगायतकाे उपस्थिति रहेकाे थियाे l

