प्रदेश २ भ्रष्टाचारमा लिपत

लेखक: शनि कुमार गुप्ता
मेरो बुझाइमा नेपालको सबै भन्दा भ्रष्टाचार बढी भएको प्रदेश २ र प्रदेश २ कै अस्थानिय तहहरु  नै छ । यस्ता कुनै सन्देश छैन जस्तो म लाई लाग्छ र यो आम जन्ताको भनाइ पनि छ ।
प्रदेश नं.२ ले अहिले सम्म ठोसमा नल्ला र सडक बनाउन बाहेक आरु केहि गर्न सकेको छैन । प्रदेश न.२ कृषि प्रधान प्रदेश भएता पनि अहिले सम्म किसान लाई सहयोग गर्न सकेको छैन र अहिले सम्म कृषि क्षेत्रमा पनि नयाँ बिकाशमा टेवा पुर्याउन सकेको छैन तर प्रदेश नं.२ मा भने भ्रष्टाचारको आतंक बढेको छ । प्रदेशमा नाता वाद ,जाती वाद ,किर्पावाद र पहुचवादमा अहिले सिमित छ ।

भुमी बेवास्ता ,कृषि तथा सहकारी मन्त्रालय प्रदेशको जन्ता लाई अहिले सम्म कुनै पनि किसिम को सेवा दिन सकेको छैन । कुरा यदि भुमि कार्यालय कै गर्दैछौं भने अहिले सम्म सिम्रौनगढ नगरपालिकामा भुमी सुधार तथा मालपोत कर्यालय प्रदेश सरकारले संचालनमा आउन सकेको छैन ।
दिनको ५ केजि ज्याला गर्ने किसान को यदि आफ्नै खेतको काम परेको बेला कलैया पुग्दा  दिन को १००० सम्म खर्च हुन्छ त्यो कस्ले दिने ?
जन्ता को दु:ख र समयस्या को बेला प्रदेश सरकार तथा अस्थानिय सरकारले सहयोग तथा परेको बेला संगै खडा हुन सकेन भने के का लागि प्रदेश र अस्थानिय सरकार  ?

उखु किसानले प्रदेश मै संघर्ष गर्दा प्रदेशले सहयोग र चिनी उधोग बाट पैसा दिलाउन सकेन भने के का लागि प्रदेश सरकार ?
उखु किसानको ज्यान प्रदेश सरकारले लिएको अरु कोइ पनि जिम्मेवार छैन । प्रदेश सरकार यदि राम्रो भएको भए किसान संघ आन्दोलनमा हुन्थ्यो तर त्यस्तो कुनै पनि किसिमको कदम न चाल्नुको कारण के हो ?

प्रदेश सरकारले किसानको लागि ८ जिल्ला मै शीत भण्डार ५ हजार टन बराबर  क्षमताको खोल्दै छ । पर्सामा २ वटा र अन्या जिल्लामा १,१ वटा खुल्ने निर्णय भएको छ ।

जस मध्ये प्रदेशको प्रदेश सभाका सभामुख सरोजकुमार यादवको निजी जग्गामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्नका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ अनुदान दिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाराको सिमरौनगढमा सभामुख यादवको निजी जग्गामा ३ हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्नका लागि उक्त अनुदान दिने भनेर सम्झौता गरिसकेको छ ।
पत्नी सकुन्तलाकुमारी यादवको नाममा रहेको अमन  फार्मको प्रतिनिधि बनेर सभामुख यादवले  सिम्रौनगढ, बाराको नाममा कोल्ड स्टोर निर्माण गर्ने भनेर २०७६ असार ३१ गते कृषि मन्त्रालयसँग सम्झौता गरेका थिए ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ स्थित आफ्नो निजी   १ बिघा जग्गामा कोल्ड स्टोर बनाउने भन्दै उनले सम्झौता गरेका छन् ।

सभामुख यादव मात्र होइन, जसपाका अन्य नेता तथा कार्यकर्ताहरूलाई समेत उक्त मन्त्रालयले अनुदान दिएको छ । साविकमा समाजवादी पार्टीका २ नम्बर प्रदेश सचिव रहेका तथा हाल जसपाका प्रदेश कमिटी सदस्य रहेका धनुषाका शेषनारायण यादवलाई समेत १५ करोड रुपैयाँ शीत भण्डार निर्माणका लागि अनुदान दिइएको छ ।

सिरहाका जसपा नेता सुरेन्द्रप्रसाद यादवलाई पनि प्रदेश सरकारले अनुदान दिएको छ । सिरहाको बिसनपुर गाउँपालिका वडा नम्बर १ का यादव साविकमा राजपाका केन्द्रीय सदस्य थिए ।

कसैको निजि समपती मा प्रदेश सरकार किन लगानी गर्दै छ ? भने कुरा प्रस्त छ । यो योजना किसान को लागि लेयाएको छैन यो अफनो पार्टी को लागि लेयएको छ । के प्रदेश सरकार को घरको पैसा छ ? जाहा मन लाग्यो त्यही खर्च गर्ने ।

किसान लाई सहयोग नै गर्नु थियो भने  प्रदेश सरकारले जग्गा किनेर अथवा सरकारि जग्गामा किन बनाइ रहेको छैन ? यो सबैले बुझनु पर्ने कुरा हो ।

यदि सूचना प्रकाशन २ करोड को थियो भने सह्मती १५ करोड सम्मको किन ?

यदि किसान लाई नै सहयोग र सेवा दिनु थियो भने आफ्नै सवमिक्त्वामा किन न राखी आर्को संघ संस्था लाई अनुदान दिनु पर्यो ?
         शनि कुमार गुप्ता
           उपाध्यक्ष
युवा बिद्यार्थी संघर्ष समिती प्रदेश नं.२

Like
Like Love Haha Wow Sad Angry
5

Leave a Reply

Your email address will not be published. Required fields are marked *