प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ, साउन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट बुधबार नै आएको हो । प्रधानमन्त्रीसँगै नियमित सम्पर्कमा रहने प्रधानमन्त्रीका अङ्गरक्षकसहित केही सुरक्षाकर्मीहरूको पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । “सबैको रिपोर्ट नेगेटिभ आएको छ” बजगाईंले भन्नुभयो ।

स्रोत: गोरखापत्र

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *