प्राविधिक शिक्षासंगै रोजगारी सृजना गरिने : मुख्यमन्त्री राउत

बलिराम यादव,वीरगंज २० चैत्र । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्साको जगरनाथपुर– मधुवाहा झकरा मसिहानी जोडन सिकटा नदी मधुवाहा खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश सरकारको रु। ७ करोड ८५ लाखको लागतमा साढे ४२ मिटर लामो निर्माण हुने पक्की पुलको शुक्रवार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।

जगरनाथपुर र मधुवाहा झकरा मसिहानी छिमेकी गाउँ भए पनि बिचमा रहेको सिकटा नदीको खोलाले सो क्षेत्रमा वर्षात लगायत विभिन्न समयमा जनताले वर्षौँदेखि खेप्दै आएको समयलाई मध्य नजर गर्दै सो ठाउँमा पक्की पुल निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रमपछि झखरा मसियानीस्थित विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भौतिक पूर्वाधारको विकाससंगै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारलाई पनि प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए । उनले पुल निर्माण पछि जनरनाथपुर र झखरा मसियानी लगायतका गाउँवासीको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले सामुदायिक विद्यालयमा साधारण यता पढाई लेखाइले रोजगारी खासे नहुने भन्दै त्यसको लागि प्राविधिक शिक्षामा यहाँका बालबालिकाको पहुँच सहज बनाउँदा मात्रै प्रदेशको समृद्धि र विकास चाँडो हुने बताए । उनले प्रदेश सरकार प्राविधिक शिक्षाकै लागि प्रदेश सभामा विधेयक लगेको बताउँदै विधेयक पास हुँदै जेटिए, एग्रिकलचर, ओभरसियर, नर्स आदी जस्ता प्राविधिक शिक्षाको लागि प्रदेश सरकारले अनुमति दिनुको साथसाथै कक्षा संचालन गर्न बजेट पनि दिने भएकोले यहाँका बालबालिका प्राविधिक शिक्षासंगसंगै रोजगारी पनि सृजना भई प्रदेश समृद्ध हुने बताए ।

‘‘यो देशमा प्रदेश नंं.२ मात्रै महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था छ,’ उनले भने, ‘ यो एउटा मात्रै प्रदेश हो यहाँ जुन जाति जति छन्, त्यति संख्याको आधारमा जातीय आरक्षण गरिएको छ, ।’’ प्रदेश सरकार कक्षा ११ मा पढ्ने केही छात्राहरूलाई ल्यापटप पनि वितरण गरिने तयारीमा रहेको मुख्यमन्त्री राउतले बताए ।

उनले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन, प्रदेश निजामती सेवा ऐन बनाइसकेको चाँडै नै कर्मचारी भर्ना हुने बताए ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेता हरिनारायण रौनियार, प्रदेश सांसद प्रह्लाद गिरी, करिमा वेगम, सिघासन साह, जसपा केन्द्रीय सदस्य बिरेन्द्र यादव, युवा नेता सरिफ गद्दी, जसपा निकट मुस्लिम फोरमका अध्यक्ष मोलाना नुरुल ओधा, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तब्रेज अहमद, पर्सा क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, जसपाबाट गाउँपालिका अध्यक्ष पदका प्रत्याशी क्रिसमोहन यादव, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *