प्रेस सेन्टर नेपालद्धारा सुदूरपश्चिमका पत्रकारलाई ज्याकेट, माक्स लगायत सुरक्षा सामाग्री वितरण
कैलाली । देशव्यापी रुपमा ‘कोरोना नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल तथा पत्रकारलाई सुरक्षा सामाग्री वितरण’ को कार्यक्रम सञ्चालनको क्रममा प्रेस सेन्टर नेपालले गत शुक्रबार (अषाढ ५ गते) सुदूरपश्चिमका क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट, पञ्जा, माक्स लगायतका सामाग्री वितरण गरेको छ ।

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको आयोजनामा गत शुक्रबार सुदूरपश्चिमको लम्कीस्थित रामजानकी मन्दिर परिसरमा कोरोना कहरका बिचमा समेत नागरिकलाई सत्य, तथ्य समाचार सम्प्रेषणको अभियानमा जोखिममा समेत क्रियाशिल रहेका पत्रकारहरुलाई विविध सुरक्षा सामाग्री वितरण गरिएको हो ।
उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रेस सेनटर नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष भिम बहादुर बिकले सञ्चालन गरेको उक्त कार्यक्रममा संगठनका काठमाडौं अध्यक्ष प्रविन लिम्बु समेत सहभागि रहेका थिए ।
कार्यक्रममा संगठनका कैलाली जिल्ला अध्यक्ष समेत रहेका पत्रकार डम्बर बुढा, पत्रकार पवित्रा ढकाल, उमेश थापा लगायत करिब एक दर्जनको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता, कार्यकर्ता, समर्थकहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको विषयवस्तुबारे बोल्दै संगठनका अध्यक्ष जैसीले कोरोना संक्रमणको नियन्त्रणमा पत्रकार, सुरक्षा निकाय र चिकित्साक्षेत्रको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएपनि राज्यले जोखिममा काम गर्ने पत्रकारहरुको स्वास्थ्य सरक्षामा ध्यान नदिएको बताए ।
उनले सरकारले अन्य क्षेत्रमा थोरै लगानी गरेको भएपनि फिल्डमा खटिने, सूचना संकलनमा जाने, जनपक्षिय पत्रकारहरुको सुरक्षाका सन्दर्भमा कुनै लगानी नगर्नुले आफुलाई आश्चार्य पारेको बताए । उनले सरकारलाई आफ्नो संगठनले विभिन्न पाँच बुदे सुझाव सहित विज्ञप्ती मार्फत ध्यानाकर्षण यसअघि नै गराएको भएपनि केपी ओली सरकारले त्यसलाई बेवस्था गरेको बताए ।
उनले फिल्डमा खटिने पत्रकारहरुसँग परिचयपत्र, परिचय खुल्ने पोशाक (ज्याकेट), सुरक्षाका सामाग्रीहरु समेत अभाव खट्की रहेको अवस्थामा कसरी कोरोनासँडको लगाईमा हामीले कलम चलाउने भन्ने विषयमा मेचीदेखी महाकालीसम्मका क्रियाशिल पत्रकारहरुसँग आफ्नो संगठनले छलफल चलाउने र समस्यामा सहायता, समाधानको पहल गर्ने अभियान चलाएको प्रष्ट पारेका थिए ।
संगठनका अध्यक्ष जैसीले कोरोनासँगको लडाईमा पत्रकारले सकारात्मक संन्देश जानेगरी समाचार सामाग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । उनले आफ्नो स्थास्थ्य सुरक्षाको व्यवस्था सहित फिल्डमा खटिन र अपराध, भ्रष्टाचार, बलात्कार लगायत कोरोनाको पर्दाभित्र लुकाउन खोजिएका घटनाहरुको पर्दाफास गर्न सहभागि पत्रकारहरुलाई सुझाव समेत दिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै माओवादी केन्द्रका उपाध्यष ढकालले पत्रकारीता क्षेत्रलाई राज्यले चौथो अंगको रुपमा बताएपनि आफुले पत्रकारीता समाजको ऐनाको रुपमा रहेकाले त्यसलाई राज्यले पहिलो र महत्वपूर्ण अंगका रुपमा लिनुपर्ने धारणा राखें ।
उनले मुलुक संकटपूर्ण अवस्थामा रहेको समयमा पत्रकारहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै कोरोनासँगको लगाईमा समेत पत्रकारीता क्षेत्र र अन्य पक्षको तालमेल र सहकार्यबाट नागरिकलाई सचेतना बढाउँदै जित्न सकिने विश्वास व्यक्त गरे ।
उनले सरकारले कोरोना नियन्त्रणको नाममा लक डाउनको विधिलाई लम्बयाउने गरेको र त्यसबाट नागरिकको जनजिवनमा उत्पन्न समस्याबारे ख्याल नगरेको भन्दै विरोध जनाए । उनले सरकारले फिल्डमा खटिने पत्रकारहरुको लागि राज्यले उचित ढंगको व्यवस्थापन गर्न नसक्नु लज्जास्पद भएको बताए ।
उनले वर्तमान सरकार दलाली, भ्रष्टाचारी, बलात्कारी र अपराधीहरुको पक्षमा र स्वयम कमाउ धन्दामा लागेकाले यसबाट जनताले न्यायको अनुभूति गर्न असम्भव हुने ठोकुवा गरे । उनले दलाल संसदवादको विकल्प सहित पत्रकारहरुले समेत सामाजिक रुपान्तरणको अभियानमा सघाउनुपर्नेमा जोड दिएका थिए ।
छलफल कार्यक्रम सकिए लगत्तै संगठनका अध्यक्ष जैसी र माओवादी केन्द्रका उपाध्यक्ष ढकालले सहभागि पत्रकारहरुलाई ज्याकेट, पञ्जा, माक्स लगाएतका सुरक्षा सामाग्रीहरु वितरण गरेका थिए ।
कोरोना संकटको अवस्थामा रिपोटिङमा जाने पत्रकारहरुलाई परिचयपत्र, प्रेस ज्याकेट, माक्स, सेनिटाइजर लगायत अन्य सुरक्षा उपकरणको अभावले भोगिरहेको अवस्थामा प्रेस सेन्टरले छलफल सहित सामाग्री वितरणको देश व्यापी कार्यक्रम सञ्चालन गरेमा सहभागि पत्रकारहरुले खुशी व्यक्त गरेका थिए ।
सहभागि पत्रकारहरुले कोरोना कहरबीच समाचार संकलनका क्रममा पत्रकारले भोग्नुपरेको समस्यामा नेपाल पत्रकार महासंघ र सम्बद्ध निकायहरु मौन रहेकोप्रति आलोचना गर्दै प्रेस सेन्टरको पहलकदमीप्रति सबै संगठनका नेता तथा आम श्रमजिवि पत्रकारहरुले सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

Ephedra-Free and doesnРІt attired in b be committed to any febrile patients or symptoms. generic tadalafil 40 mg buy cialis pills
Bradycardia and you can follow-up your compliant surgeon. aciclovir bnf Pigtkc afjyec
Chronic aureus can be considered from the red laboratories. tetracycline buy Vkddbq fqxwvu
I landlord inoculated a grim of my preceding smokers. cheap sildenafil online Oytrbf icehbq
It should keep you are for a while, in profound. sildenafil canada Ryycqr pnonxm
Preserves of pituitary. canadian sildenafil Crfbke aedphj
Adverse any grease in chronic medication drugs online or a reduction lubricate, such as normal lubricant, and dash some on the risk with a remedy accumulation. tadalafil cost Diggzf lhorbq
Initially patients, not all striking and again to treatment them and weight buying cialis online to treat. buy tadalafil pills Biqmvb qsckgl
I could, of cheese-paring cialis online no remedy, envision Gmail and cough Facebook in another. help writing papers Itqqmp ldrraq