फतुवा विजयपुर नगरपालिकाको चौथो नगरसभा सम्पन्न, ५४ करोड भन्दा बढी बजेट पारित

✍ सत्येन्द्र प्रताप सिंह

रौतहट, २ कार्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिकाको चौथो नगरसभा शुक्रवार सम्पन्न भएको छ ।

सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय विजयपुरको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको चौथो नगरसभा सभ्व एवं भव्याताका साथ सम्पन्न भएको छ ।

सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको फतुवा विजयपुर नगरपालिकाको नगरसभा शुक्रवार मात्र सम्पन्न भएको हो ।

नगर प्रमुख गोपाल राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७७/७८ मा नगरको समग्र विकासका लागि ५४ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि फतुवा विजयपुर नगरपालिकाले आफना चौथो नगरसभाबाट ५४ करोड २० लाख १३ हजार १३ सय १९ रुपैया बजेट पारित गरेको छ ।

कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *