बिरामीलाई भर्ना नगरी वापस फर्काउने अस्पताललाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्चको मांग

रामजी साह, पर्सा २४ श्रावण। पर्सा जिल्लामा रहेका निजी अस्पतालमा कोरोनाको बाहाना गरी सर्वसाधारणलाई भर्ना गरी उपचार नगरेकोले सर्वसाधारणको अकाल मई ज्यान दिन प्रति दिन गुमिदै गएकोमा उपभोक्ता हित संरक्षण मञ्चको ध्यानाकर्षण भएको छ।


जिल्लाका निजी अस्पतालमा यस्ता गति विधि हुँदै आई रहँदा साउन २१ गते पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले पर्सा जिल्लका विभिन्न निजी अस्पतालले चेकजाँच तथा उपचार नगरी फिर्ता पठाउने अस्पताललाई कार्वाही गरिने जिल्ला प्रशासनले निर्णय गरेको थियो। उक्त निर्णको व्यवस्ता गर्दै अस्पतालले उपचार नगरी फर्काउदा निर्णय गरेको भोलि पल्ट नै ३ जनाले अकाल मै ज्यान गुमाएका छन्। वीरगंज वडा नं ११ श्रीपुरका चलितर महतो, वडा नं ३ का जोखु साह सोनार र वडा नं २ छपकैयाका २० वर्षीय महिला विष्णु लामाको अकाल मृत्यु भएको छ।


यस्तो दुखत घटनाका कारण आज उपभोक्ता हित संरक्षण मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाबाट बन्जित नगरिने ज्यादेरी गरेको छ।त्यसैगरी जनस्वाथ्य सेवा एन २०७५ काे दफा ३४८५ ले प्रत्यक नागरिकलाई जनस्तरिय स्वस्थ सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने अधिकार हुने र कुनै पनि नागरिकलाई स्वस्थ सेवाबाट वञ्चित नगर्न व्यवस्था गरिएको र उपचार नगर्नेलाई कारवाही समेत व्यवस्था भएकोले यस्ता निजी अस्पतालहरुलाई संघीयताका अन्तर्गत जिल्ला प्रशासन कार्यालय,प्रदेश सरकार, संघीय सरकार लगाएत अन्य सरोकारवाला संग कारवाहीको मांग गरेको छ।

साथै मृतकका ४ वर्षीय छोरीको पठनपाठन,पालन पोषण सहित उचित क्षतिपूर्ति उपलब्ध गराउन उपभोत्ता हित संरक्षण मञ्चले मांग गरेको मञ्चका अध्यक्ष अजित कुमार भुजेलले जानकारी दिनु भयो।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *