बिरामीलाई समयमा उपचार नगरेकोले आज मृतकका परिवार द्वारा नारायणी अस्पताल घेराव

रामजी साह, वीरगंज २५ श्रावण।
नारायणी अस्पतालको लापरवाहीका कारण समयमा उपचार नभएकोले लगातार केही दिन देखि पर्सा जिल्लामा अकालमै मृत्यु हुँदै आइरहेको छ। कोरोनाको बहानामा बिरामीलाई अस्पतालले भर्ना नलिदा वीरगंज वडा नं ११ श्रीपुरका चलितर महतो, वडा नं ३ का जोखु साह सोनार र वडा नं २ छपकैयाका २० वर्षीय महिला  विष्णु लामा लगाएत अन्यय दुई जना गरी अहिले सम्म ५ व्यक्तिले अकालमै ज्यान गुमाइ सकेका छन।

जीवन दीनेको यस्तो कार्य देखेर आज मृतकका परिवार लगाएत अन्यले ‘ डाक्टर चोर वीरगंज छोड जस्तै नाराका साथ नारायणी अस्पताल घेराउ गरी प्रदर्शन गरेको स्थानीयले जनाएका छन्।
अहिलेको जानकारी अनुसार शुक्रबार राती २:१२ मा ज्यान गुमाएकी २० वर्षीय विष्णु लामाका मृत्यु प्रशात कोरोना रिपोर्ट पोजिटिभ आएर अब हामी त्यो रिपोर्टको के कर्छौं भनी आक्रोशले नारायणी
अस्पताल अगाडि तोडफोड र घेराउ गरेको जानकारी पाइएको छ।थप विवरण भने अहिले आउन बाकी छ।

Like
Like Love Haha Wow Sad Angry
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *