मधेसको गाउँ गाउँमा बिकास पुर्याउन साढे ७ अर्बको योजना – मन्त्री पण्डित

राजन बानिया पोखरिया २३ कार्तिक

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पर्साको जीराभवानी १ मा पर्ने महादेवपट्टी र बलुवा जोड्ने ओरिया खोलामा निर्माण हुन लागेको झोलुङ्गे पुल र बलुवामा निर्माण हुन लागेको मदरसा भवन र सुपौली मा अायोजित सामदायिक भवन को शिलान्यास गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

कार्यक्रममा मन्त्री पण्डितले सङ्घीय सरकार तराई मधेसको विकासमा दृढ भएर लागिपरेको बताउँदै पुल निर्माण ,सामुदायिक भवन ,मदरसा ,पक्की सडक निर्माण लगायत भौतिक पुर्वाधार निर्माणले अबका दिनमा गति लिने उद्घोष गरे।त्यसका लागी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चालु आर्थिक बर्षमा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रु १ अरब ५५ करोड बजेट रहेको प्रष्ट पारे। उनले गरिबी अन्त्यका लागी सरकार सबैसंग समन्वय गर्न तयार भएको बताउँदै मन्त्री पण्डितले विकासका अवरोध नगर्न सबैलाई अनुरोध गरे।

कार्यक्रममा नेकपा नेता एवम् संविधान सभा सदस्य जय प्रकाश थारुले ओरिया खोला बस्ती नै बिस्थापित गर्ने जोखिममा रहेको बताउँदै आगामी दिनमा ओरिया खोलाको नियन्त्रणका लागी समेत आवश्यक सहयोगका लागी अनुरोध गरे।
कार्यक्रममा बलुवाका स्थानीयको ५० बिगाहा भन्दा बढि जमिन भारतीय पक्षले मिचेको भन्दै सो सम्बन्धि ध्यानाकर्षण पत्र स्थानीयले बुझाएका थिए।

पर्साको जीराभवानी -१ महादेवपट्टी र बलुवा जोड्ने ओरिया खोला पुलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत रु ३ करोड ४१ लाख २६ हजार को लागतमा १२०.६ मिटर लामो झोलुङ्गे पुल निर्माण हुन लागेको हो असार २९ गते ठेक्का सम्झौता भएको पुलको २०७६ असार २८ मा निर्माण सम्पन्न गर्ने गरी सुवेदी निर्माण सेवा र दिपु एण्ड कम्पनीले सँयुक्त रुपमा ठेक्का लिएको छ।
बलुवामा तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत रु २५ लाखको लागतमा मदरसा निर्माण हुन लागेको छ।
सुपौलीमा निर्माण हुन लागेको सामुदायिक भवनको पनि शिलान्यास गरेका छन् ।तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत २५ लाखकाे लागतमा सामुदायिक भवन निर्माण को
शिलान्यास गर्नु भएको थियोे । नेपालले आफ्नो एक इन्ची जमिन पनि अरु देशलाई अतिक्रमण गर्न नदिने बताए।उनले सरकार र सेना आफ्नो सिमा रक्षा गर्न सक्षम भएको बताउँदै कुटनैतिक तवरबाट सिमा विवाद हल गर्न लागिपरेको बताए ।
उनले जनताको चाहना बमोजिम सरकार समृद्ध मुलुक बनाउन लागिपरेको बताउँदै सामान्य प्रशासन मन्त्रालय सम्हालेकाले आफ्नो अझ बढी दायित्व सङ्घीयता कार्यान्वयनमा रहेको उद्घोष गरे।उनले स्थानीय तहका लागी भवन निर्माणका लागी सरकारले बजेट बिनियोजन गर्ने तयारी गरिरहेको बताए ।उनले साढे ४ हजार पक्की सडक निर्माण गर्न यस बर्षदेखि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योजना थालेको उद्घोष गर्दै अबका दिनमा गरीब र भुमिहिनका लागी जनता आवास निर्माण गर्ने अभियान थाल्न लागिएको समेत बताए ।सरकारले कृषिमा दिदै आएको अनुदानमा परिवर्तन गर्न लागेको बताउँदै अबका दिनमा वास्तविक किसानले अनुदान पाउने दाबी गरे ।मन्त्री पण्डितले मधेसका जनताले अब कालो झण्डा बोकेर हिंड्नुपर्ने दिन नआएको बताउँदै यो सरकारले गरीबी अन्त्य गरेरै छाड्ने ठोकुवा गरे ।

मन्त्री पण्डितले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विकासका लागी स्थानीय सरकारसंग समन्वय गर्न तयार भएको बताए ।उनले देशको समृद्धि गर्न नेपाल सरकार भारत र चिनको विकासको गतिको दरमा पुग्न खोजेको बताए ।
“गरिबी नेपालको मुख्य दुश्मनी हो,त्यसका लागी संघ ,प्रदेश र स्थानीय तिनै सरकार मिलेर विकास गर्नुपर्छ।”मन्त्री पण्डितले भने ,”सरकार फास्ट ट्र्याक,निजगढ अन्तरास्ट्रिय विमानस्थल र हुलाकी मार्गमा सरकार द्रुतगतिमा लागिपरेको छ।”
उनले विकास निर्माणको ठेक्का लिएर केहि ठेकेदारले काम नगरेको भन्दै त्यस्तालाई सरकारले तह लगाउने ठोकुवा गरे।मन्त्री पण्डितले बेइमानी गर्ने जनप्रतिनिधि र नेतालाई समेत सरकारले नछाड्ने चेतावनी दिए।
“गल्ती गर्दा हामीले आफ्नै पार्टीको सभामुखलाई त कानुनी कठघरामा उभ्यायौ।”उनले भने,”विकास विरोधी र भ्रष्टाचार गर्नेलाई अब अख्तियार र जेलमा कोचिन्छ।”
तराई मधेस समृद्धि कार्यक्रमको योजना नै आफुले ल्याएको बताउँदै मन्त्री पण्डितले अब तराई मधेसका जनताले विकासमा पछि परे भनेर चिन्ता गर्ने दिन सकिएको भन्दै अब सरकारले ग्रामीण क्षेत्रको विकासमा ध्यान दिने बताए ।
कार्यक्रममा नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले विकासको सवालमा तिनै तहको सरकार जिम्मेवार हुनुपर्ने विचार व्यक्त गरे।उनले संविधानसभा सदस्य जय प्रकाश थारुले गरेको विकास देखेर आफुलाई डाहा लाग्ने गरेको बताए ।नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले मुलुकको विकास गर्ने एकमात्र पार्टी नेकपामात्र भएको बताउँदै ३ लाख देखि सुरु भएको बिकास बजेट ३० देखि ४० करोड भयो ।

वृद्ध भत्ता ,एकल महिला भत्ता , ५ सय देखी सुरु भएको भता अहिले ३ हजार भएको छ।तराई मधेस समृद्धि कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रम नेकपा नेतृत्वको सरकारले ल्याएको भनाइ राखे। शिलान्यास कार्यक्रम मा जिल्ला समन्वय समिति पर्सा को उपसभापति ठाकुर नौपाने, ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठ , जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँ , जिराभवानी गापा उपाध्यक्ष उषा देबी थरुनी,नेकपा प्रदेश सदस्य किशोरी कुशवाहा,मनोज चौधरी, जिल्ला सदस्य हरेन्द्र पासवान,वार्डअधयक्ष सुबाष चौधरी, महादेव महतो, उमेश सिंह, ,नेकपा ठोरी अध्यक्ष खगेन्द्र श्रेष्ठ ,नेकपा ठोरीका नेता लाल बहादुर श्रेष्ठ , मंत्री का स्वर्किय सचिव मनोज राई, बिकाउ भण्डारी,लेखमान थापा, श्यामकिसोर पटेल,सन्तोष घिमिरे नेकपा जिल्ला स्दसय बिरेन्द्र साह, लगायत स्थानीय हरु को सहभागिता रहेको थियो।कार्यक्रम मा बितो माबी का छात्र छात्रा हरु सांस्कृतिक कार्यक्रम प्रस्चुत गर्नु भएको थियो ।

Like
Like Love Haha Wow Sad Angry

8 thoughts on “मधेसको गाउँ गाउँमा बिकास पुर्याउन साढे ७ अर्बको योजना – मन्त्री पण्डित

Leave a Reply

Your email address will not be published. Required fields are marked *