मनले खोज्छ बोलको गीत सार्वजनिक


बीरगंज २७ मंसिर / मनले खोज्छ बोलको गीत आइतबार सार्वजनिक हुने भएको छ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत आउँदो आइतबार बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक हुने भएको हो । निरन्जन चौधरीको शब्दमा तयार पारिएको मनले खोज्छ बोलको गीत सार्वजनिक भए अगाडी बजारमा निकै चर्चा लिएको छ ।
उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ । ३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ ।


अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ । सियोन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा प्रकास खड्काको छँयांकन रहेको छ । गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन् ।
चलचित्र भावमा तयार भएको मनले खोज्छ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् । संगीत पारखी हुसेनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन् ।
गायक तथा संगीतकार सरोज हुसेनको जन्मभुमी तराइको बिरगंजमा भएको र बाल्यकालदेखि नै भोजपुरी भाषामा आफ्नो संगीत लाई निकै चर्चामा पुर्याएपनी आफ्नो संस्कृतिलाई निहाल्दै नेपाली भाषामा मनले खोज्छ भन्ने गीतको तयारी गर्न सफल भएका हुन । अति नै मिलनसार र सभ्य स्वभावको साथै हुसेन आफ्नो संगीतलाई निकै चर्चामा लयाउन कमर कसेर लागेका देखिन्छन ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *