मलेशियामा आज पनि संख्या ह्वात्तै बढ्यो संक्रमित ४९८७ पुग्यो मृत्यु ८२ जना पुग्यो
मलेशिया । बिश्वब्यापी रुपमा फैलिएको माहमारिको रुपलिएर फैलिएको बेला मलेशियामा पनि उतिकै मानिसहरू को मृत्यु भएको छ भने बिरामीको संख्या पनि उतिकै छ मलेशिया सरकारले कोरोना भाइरस रोकथामका लागि पहिलो चरणको लकडाउन मार्च १८ तारिख देखि ३१ सम्मका लागि गरेको थियो भने समस्या जटिलता हुँदै गएपछि फेरि मार्च ३१ देखि अप्रिल १४ सम्मानका लागि गरेको थियो भने झन् झन् बिरामीको संख्या मृत्युको संख्या बढिरहेका कारण फेरि थप गरि अप्रिल १४ देखि अप्रिल २८ तारिख सम्म लागू हुने गरि मलेशिया सरकारले थप गरेको हो।

आज अप्रिल १४ सम्मको ताजा अपडेट हेर्ने हो आज पनि ह्वात्तै बढेको छ दिनप्रतिदिन संख्या थपिएको छ मलेशिया सरकारले विभिन्न कुटनैतिक बाट रोकथामका लागि प्रयास गर्दा पनि संक्रमितको मृत्युको संख्या भने घटाउन सकेको छैन आज अप्रिल १४ तारिख सम्म आइपुग्दा संक्रमित ४ हजार ९ सय ८७ जनालाई पुष्टि भएको र ८२ जनाको ज्यान गरेको मलेशिया स्वास्थ्य मन्त्रालयले जनाएको छ भने २ हजार ४ सय ७८ जनालाई उपचार पछि निको भएको छ।
दिनप्रतिदिन दिन यसरी संख्या बढेकाले रोजगारका लागि मलेशिया पुगेका नेपालीहरु थप त्रसित बनेका छन अहिले धेरै स्थानहरुमा खाना बस्ने सुबिधा पनि असहज भएको छ। मलेशिया रहेका विभिन्न संघ संस्थाले सकेको सहयोग गर्दै आएको छ अब दिनमा कति पुग्ने हो, कुनै पनि पत्तो छैनन् ।
