मलेसिया लकडाउनको समय अप्रिल १४ सम्म लम्वियो संक्रमितको संख्या बढेर १७९६ पुग्यो १७ को मूत्यु

कृष्णा गुप्ता, क्वालालम्पुर मलेसिया १२ चैत्र । मलेसिया सरकारले काेराेना भाइरस (कोभिड १९) काे संक्रमण देखिय लगतै मलेसियामा यश अघिनै दुइहप्ता अथवा १८/०३/२०२० देखि ३१/०३/२०२० सम्म लगायकाे लकडाउनलाई आज थप दुई हप्ता अर्थात १/०४/२०२० देखि १४/०४/२०२० सम्मकालागि लमब्यायकाे छ ।

मलेसियाका प्रर्धानमन्त्रिले दियकाे जानकारि अनुसार आज पनि मलेसियामा काेराेन भाईरस संंक्रमितको संख्या १७२ ले बढेर हालसम्म जम्मा १७९६ पुगेकाे छ भने १७ जनाको मृर्त्यु भयकाे छ ।

मलेसियाका प्रर्धान मन्त्री ले आज जनताकाे नाममा सम्बाेधन गर्दै लकडाउनकाे समय थप गरियकाे र उक्त निर्णयलाई सम्पुर्ण आफ्ना जनताले साथदिनेमा आफू विस्वस्थ रहेकाे जनकारि दिय ।

उनले सम्बाेधनकाे क्रममा भने मलाई थाहा छ । याे दुईहप्ता पनि तपाईहरुलाई घर भित्र बसिरहनु प्रदा बाेरिङ लागिरहेकाे छ । तर हामी संग दाेस्राे बिकल्पनै छैन तपाईहरुलाई पनि थाहछ, यतिका समय देसलाई लकडाउनमा राख्दा पनि काेराेना संक्रमितकाे संख्यामा वृर्द्वि भयकाे भयै छ । यस्ताेे अवस्थामा समय थप गर्नुबाहेक हामिले केही उपाय देखेनाै ।

याे थपियकाे समयमा तपाईहरुले कुनैपनि खाध्य बस्तु अथवा अन्य बस्तु खरिद गरि स्टक राख्नु प्रने आवस्यक्ता छैन । किनकि जनताकाे दैनिक जिवनमा आवस्यक हरेक सामानकाे बजार आपुर्तिमा कमि आउन दियका छैनाै तपाईलाई आवस्यक हरेक सामान बजारमा सहजै पाउन सक्नुहुनेछ त्यसमा हमि प्रतिबद्वछाै ।

कृपया शान्त रहनुहोस् र नडराउनुहोस् याे थपियकाे लकडाउनकाे समयमा पहिले जस्तै अत्यावसेेेक सेवा बाहेकका सबै सेवा बन्द रहनेछन, उनले भने तपाईहरुले पनि सरकारले गरेकाे निर्णलाई सहर्ष स्विकार्नु हुनेछ र अत्यावसेक काम बाहेक घर बाहिर निस्किनु हुनेछैन भन्नेमा म ढुक्क छु ।

Like
Like Love Haha Wow Sad Angry

One thought on “मलेसिया लकडाउनको समय अप्रिल १४ सम्म लम्वियो संक्रमितको संख्या बढेर १७९६ पुग्यो १७ को मूत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *