महिलाद्वारा गाँउपालिकाको कार्यालय घेराउ

✍ मेघराज राय

जीराभवानी, ६ कार्तिक । पटेर्वासुगौली गाउपालिकाको कार्यालय महिलाहरुले घेराउ गरेका छन । राहत वितरणमा विभेद भएको र गरीब, दलितलाई राहतबाट वञ्चित गरिएको भन्दै गापाका सयौं महिलाहरुले कार्यालय घेराउ गरेका थिए ।

गापा अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो र दिव्य युवा क्लबका रामाकान्त पटेलले महिलाहरुलाई दोस्रो चरणको राहत वितरणमा सहभागी गराउने प्रतिबद्धता जाहेर गरेपछि घेराउ कार्यक्रम स्थागित भएको रामजनम चौधरीले बताए ।

दिव्य युवा क्लबले पटेर्वासुगौली गापाको ५ वटै वडामा ६१७ जना गरीब, विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत वडा नं. २ र ३ मा चामल ६० किलो, पिठो १ बोरा, दाल १५ किलो, तेल १० लिटर, अन्डा १ क्यारेट, २५० एमएलको स्याम्पु दुईवटा, सर्प २ किलो, लुगाधुने र नुहाउने साबुन १/१ दर्जन, चिनी २ किलो र आलु/प्याज ५/५ किलो वितरण गरेको थियो । युके र एक्शनएडको सहयोगमा दिव्य युवा क्लबले सो गापामा दुई चरणमा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको दिव्य युवा क्लबका रामाकान्त पटेलले बताए ।

उनले गापाको सूची अनुसारका व्यक्तिलाइ सामान वितरण गरिएको र कुनैपनि प्रकारको भेदभाव नगरिएको दावी गरे ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *