मृत अवस्थामा चितल फेला

राजन बानिया, पोखरिया ३ बैसाख। पर्सको जगरनाथपुर गाउँपालिकाको सिमावर्ती ईलाकामा अाज मृत अवस्थामा चितल फेला परेको छ ।

मृत अवस्थामा चितल फेला परेको स्थान जगरनाथपुर गाउँपालिका वार्ड नं १ दसौताको ओरिया खोला नजिकबाट चितल फेला परेको प्रहरीले जनाएका छन । चितल मृत अवस्थामा स्थानियहरुले देखे पछि बनकार्मी र प्रहरीहरु जनकारी दिएपछि सो स्थानमा पुगी मृतक चितलको पराकृतिक हेरेपछी चितल लाई कुकुरहरुले लखेटर मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको सेक्टर बन कार्यालय वसन्तपुरको बन अधिकृत सुमन पाण्डेले जनाएका छन ।

मृत अवस्थामा फेला परेको चितललाई स्थानीय जनप्रतिनिधि भद्रभलादमी र सन्चारकर्मी मको रोहवरमा गाडिएको सेक्टर बन कार्यालय बसन्तपुरका बन अधिकृत पाण्डेले जानकारी दिनुभयो । यसको सम्बन्धमा विशेष अनुसंधान भईरहेको अधिकृत पाण्डेले जनाएका छन ।

Like
Like Love Haha Wow Sad Angry

9 thoughts on “मृत अवस्थामा चितल फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *