युवा नेता पटेलको पहलमा धोविनी गाउँपालिकामा औषधी र सेनिटाइजर छर्कियो

राजन कुमार बानिया, पोखरिया २० चैत। पर्साको धोबिनी गाउँपालिकामा आज देखि लामखुट्टे मार्ने औषधी र सेनिटाईज छर्किन सुरु गरिएको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै युवा नेता सन्तोष पटेलको पहलमा लामखुट्टे मार्ने औषधी छर्कन सुरु गरेको हो । वडा नं. १ र २ को भिखमपुर, असवारि, पिपरा, घोडदौडामा स्प्रे टंकीले औषधी छर्किन आठ जनालाई घटाईएको युवा नेता र जनसमुदाय बिकास केन्द्रका अध्यक्ष संतोष पटेलले बताए । उनका अनुसार आज देखि सुरु गरिएको औषधी छर्किन कार्य भोली शुक्रबार सम्म सकिने छ । उनले भने “विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरेको छ, सबैले आफ्नो घर भित्र बसेर लकडाउनको पालन गरिरहदा लामखुट्टेहरु बस्न नदिए पछि औषधी छर्किन लागिएको पटेलले बताए ।

Like
Like Love Haha Wow Sad Angry

13 thoughts on “युवा नेता पटेलको पहलमा धोविनी गाउँपालिकामा औषधी र सेनिटाइजर छर्कियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *