रमुआदाह मेला सकियो, शिवगढ़ी संरक्षण गर्नु पर्नेमा जोड

चन्द्रौटा, कपिलवस्तु १२ फाल्गुन।

कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले शिवगढी एक ऐतिहासिक तथा पर्यटकिय रहेको बताउनुभएको छ । शिवरात्रीको अवशरमा आयोजित ३ दिने वृहत मेलाको समापन कार्यक्रममा बोल्दै मेयर शाहले शिवगढीको विकासको लागि आफुले ५ लाख बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो । हिन्दुधर्मालम्वीहरुको आस्थाको केन्द्रविन्दु रहेको शिवगढीलाई संरक्षण गर्न शिवगढी वासि सक्रिय हुनुपर्ने बताउनुभयो । जिल्लाभरका सवै स्थानिय तहले सहयोग गर्नुपर्ने बताउदै रमुवादहलाई धार्मीक करिडोरको रुपमा विकास गर्नुपर्ने जनाउनुभयो ।

शिवराज नगरपालिका ९ मा पर्ने शिवगढीको विकास र प्रचारको लागि शिवगढी पर्यटन विकास सस्थाले आयोजना गरेको मेलामा बोल्ने अधिकांश वक्तहरुले शिवगढी सरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले धेरै पहिले देखि नै शिवगढी आस्थाको रुपमा रहेको बताउनुभयो । शिवरात्रीको अवशरमा शिवगढीको दर्शन गर्नेपर्ने विश्वास रहेको हुँदा अहिले पनि शिवगढी पुग्नेको सख्या बढी रहेको बताउनुभयो ।


शिवराज नगरपालिका वडा न ९ का अध्यक्ष चुर बहादुर खड्काले अंग्रेजहरु सगको लडाईमा शिवगढीमा किल्ला निर्माण गरी सुरक्षीत स्थल बनाएको बताउनुभयो । पछिल्लो समयमा प्रदेश मन्त्री, सांसदहरुको अनुगमनले अब तिव्र रुपमा विकास हुने विश्वास रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेले शिवरात्रीको अवशरमा मेला आयोजना गरेर प्रचार प्रसारमा टेवा पुगेको बताउनुभयो । शिवगढी भनेर चिनाउन शिवगढी वासिहरुको मेहनत रहेकोले यसलाई अव केन्द्र स्तरसम्म पु्रयाउनुपर्ने बताउनुभयो । समाजसेवि जिवलाल पौडेल, प्रेम रायमाझी, प्रेम रोका, हरि श्रेष्ठ लगाएतले शिवगढी क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । ३ दिन सम्म संचालन भएको मेलामा राष्ट्रिय कलाकार खुमान अधिकारी, पुर्खे बा, शिलु भट्टराई, मिसान भुषाल, वर्षा लम्साल लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( जिल्ला प्रमुख कपिलवस्तु )

One thought on “रमुआदाह मेला सकियो, शिवगढ़ी संरक्षण गर्नु पर्नेमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *