रौतहटको यमुनामाई गाउँपालिकाको विवाह भवन निर्माणमा चरम भ्रष्टाचार

सत्येन्द्र प्रताप सिंह, रौतहट ४ असोज। रौतहटको यमुनामाई गाउँपालिकाको विवाह भवन निर्माणमा चरम भ्रष्टाचार भइरहेको छ ।
वडाध्यक्षको मिलेमतोमा ४५ लाख बराबरको रकम बालुवामा पानी झैं स्वाहा भइरहेको छ । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका अन्तर्गतको वडा नं. ४, सरुअठाको सो वडाका वडाध्यक्षको मिलेमतोमा निर्माण भइरहेको भवनमा लागेको विकास रकम झण्डै ४५ लाख रुपैयाँ बालुवामा पानी खन्याझैं स्वाहा भइरहेको छ ।

सो वडामा निर्माण गर्न लागिएको सामाजिक विवाह भवनमा वडाध्यक्ष चेतन यादव (अश्मिनी कुमार यादव) आफ्नो पार्टीका निकट ठेकेदारलाई उक्त भवन निर्माणकोलागि भवन निर्माणको जिम्मेवारी दिएपछि ठेकेदार पालु साह (विक्रान्त नेपाल)ले निर्माण कार्यमा गुणस्तरहीन ईंटा, खिया लागेको छड, माटो मिश्रित बालुवा र गुणस्तरहीन सीमेन्ट लगायतका निर्माण सामग्रीको प्रयोगबाट निर्माण कार्य अगाडी बढाएपछि सो भवनको लामो समयसम्म नचल्ने देखिन्छ ।


ठेकेदार पालु साहले ठेक्का पाए वापत गाउँपालिका अध्यक्ष, प्रशासकीय प्रमुख, इन्जिनियर, वडाध्यक्ष, स्थानीय राजनीतिक प्रतिनिधि समेतलाई भाग खुवाउनु परेपछि भवन निर्माणको लागत कम भई गुणस्तरहीन सामग्रीबाटै सो भवन निर्माण गर्न लागिएको स्थानीयहरू बताउँछन् ।
झण्डै दुई दशक जनप्रतिनिधिविहीन रहेका स्थानीय निकायहरूमा कर्मचारी तन्त्रका कारण मौलाएको भ्रष्टाचार जनप्रतिनिधिको आगमन भएपछि अन्त्य होला भन्ने आकांक्षा पालेर बसेका सर्वसाधारण जनताको आशा एवं विश्वासमाथि देशभरका जनप्रतिनिधिहरूले गर्दै आएको भ्रष्टाचारपूर्ण कृयाकलापले निराशामा परिणत गर्न थालेको छ ।


प्रसँग हो स्थानीय राजनीतिक पार्टी, कर्मचारी, वडाध्यक्ष, गाउँपालिका अध्यक्षलगायतलाई नजराना बुझाएपछि जस्तोसुकै गुणस्तरहीन काम गरेपनि आफूमाथि कानुन नलाग्ने दाबी गर्दै आएका ठेकेदारले गर्दै आएको बेइमानीबारे स्थानीयहरूले वडाध्यक्ष, गाउँपालिका अध्यक्ष समक्ष पटक पटक गुनासो गर्दा पनि उनीहरूको मौनताले मिलोमतोमा काम भइरहेको स्थानीयहरूले दाबी गरेका छन् ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *