रौतहटमा जिउदैलाई ईट्टा भट्टामा हालेका आरोपित आलम पुर्पक्षका लागी कारागार चलान
सत्येन्द्र प्रताप सिंह,रौतहट २९ कार्तिक। नेपाली कांग्रेसका निलम्बित सांसद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदातलमा शुक्रबार भएकाे थुनछेकपछि अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे ।

एक साता लामो बहस टुंगिएपछि शुक्रबार जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
यो आदेशमा चित्त नबुझेमा आलमलाई उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुल्ला रहेको छ ।
